बुबा सलिम खानसँग सलमान खानले गाए यो गीत | Khabarhub Khabarhub

बुबा सलिम खानसँग सलमान खानले गाए यो गीत


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड सुपरस्टार सलमान खानले एक भिडियोमा आफ्ना पिता तथा पटकथा लेखक सलीम खानसँग गीत गाएपछि उनको खुबै चर्चा भएको छ ।

५३ वर्षीय सुपरस्टारले मंगलबार साँझ ट्वीटरमा एक भिडियो सार्वजनिक गरे । उक्त ट्वीटमा गायक कमाल खान, सलीम र सलमान खान सन् १९४९ मा आएको फिल्म ‘दुलारी’ मा समावेश महोम्मद रफीले गाएको ‘सुहानी रात ढल चुकी’ गाउँदै गरेको देखिन्छ ।

यो भिडियोको क्याप्सनमा सलमानले लेखेका छन्, ‘हाम्रो परिवारको सुल्तान, टाइगर र भारत… सलीम खान गाइरहेका छन् ।’

सलमान खान आजकाल सामाजिक सञ्जालमा खुबै सक्रिय रहन्छन् । उनले सामाजिक सञ्जालका माध्यमबाट आफ्ना फ्यानलाई केही न केही खुराक दिइरहेका हुन्छन् । पछिल्लो समय उनी अभिनित फिल्म ‘भारत’ प्रदर्शनमा आएको थियो ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ६ : ३३ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र