यस वर्षको धान दिवस बर्दियामा मनाउँदै सरकार | Khabarhub Khabarhub

यस वर्षको धान दिवस बर्दियामा मनाउँदै सरकार


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले यस बर्ष धान दिवस तथा रोपाई दिवसको मुल कार्यक्रम बर्दियामा गर्ने भएको छ ।

कृषि विभाग अन्र्तगत गठित सोहै राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव, मूल आयोजक समितिले बुधबार विभागमा पत्रकार सम्मेलन गरि यसबर्षको धान दिवस बर्दियामा गर्न लागिएको जानकारी गराएको हो ।

यस बर्षको धानदिवसको मूल कार्यक्रम बर्दियाको राजापुर नगरपालिका, वडा नम्बर ८ धोविनीपुरमा गरिने भएको छ ।

यस बर्ष धान दिवसको नारा ‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चाम आयातमा न्यूनीकरण’ तय गरिएको छ । पत्रकार सम्मेलनमा चालु आर्थिक बर्ष २०७५ /७६ मा धानको उत्पादन अहिले सम्म कै उच्च भएको जानकारी पनि गराईयो ।

महाशाखाका निमित्त महानिर्देशक एवं सौहै राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव, मूल आयोजक समितिका अध्यक्ष डाक्टर रेवती रमण पौडेलले अघिल्लो बर्षको तुलनामा करिब ९ प्रतिशतले वृद्धि भई ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको जानकारी दिए ।

धान नेपालको मुख्य खाद्यान्न बाली हो । मनाङ्ग र मुस्ताङ्ग बाहेक सबै जिल्लामा धान खेती हुदै आएको छ । नेपालमा मौसमको आधारमा चैते धान, बर्षे धान, भदैया धान, घैया धान र बोरो (हिउँदे) को रुपमा धान खेती गर्ने गरिन्छ । खेती गरिने कूल क्षेत्रफलको ४८ दशमलब ३ प्रतिशत जमिनमा धान खेती गरिदै आएको छ ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ५ : ०६ बजे

आज २०८१ साल वैशाख १९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १९ गते बुधबार तदनुसार

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम