सकियो विराज र निकिताको ‘साङ्लो’ को छायांकन | Khabarhub Khabarhub

सकियो विराज र निकिताको ‘साङ्लो’ को छायांकन


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विराज भट्टले निर्देशन गरेको फिल्म ‘साङ्लो’ को छायांकन सकिएको छ । यो फिल्मको छायांकन ५० दिन लगाएर गरिएको हो । धेरै भाग डोटीमा छायांकन गरिएको फिल्ममा विराज भट्ट र निकिता चण्डकको शीर्ष भूमिका देख्न सकिनेछ । केही दृश्य भने काठमाडौंमा पनि खिचिएको निर्माण टिमले जनाएको छ ।

झण्डै ३ वर्षपछि नेपाली फिल्ममा कमब्याक गर्न लागेका विराज भट्टले फिल्मको कथा स्तरीय रहेको दाबी गर्छन् । मानकृष्ण महर्जनको छायांकन रहेको फिल्ममा कामेश्वर चौरासिया, जयनन्द लामा लगायतका कलाकारले पनि अभिनय गर्नेछन् ।

यही फिल्मबाट पूर्वमिस नेपाल निकिता चण्डकले नेपाली फिल्ममा डेब्यु गर्दैछिन् । यसअघि निकिताले फिल्म ‘रानीमहल’ मा अभिनय गर्ने भने पनि उक्त फिल्म पूर्ण बन्न सकेन । निकिताले ‘साङ्लो’ बाट आफू आशावादी भएको बताउँदै आएकी छिन् । विराजले पनि यो फिल्म विशेष भएको बताएका छन् ।

विराज भट्ट फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्मलाई तेजबहादुर खड्काले निर्माण गरेका हुन् ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ४ : ४५ बजे

प्रिओपन सेसन : ११ अंकले बढ्यो नेप्से

काठमाडौं– आज प्रिओपन सेसनमा नेप्से परिसूचक ११ अंकभन्दा बढीले बढ्यो

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।

भातै पोखिएपछि माडको के माया ?

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर