अमेरिका–मेक्सिको सीमामा बाबु छोरीको हृदयविदारक शव फेला, बन्यो भाइरल | Khabarhub Khabarhub

अमेरिका–मेक्सिको सीमामा बाबु छोरीको हृदयविदारक शव फेला, बन्यो भाइरल


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मेक्सिको सिटी– अमेरिका र मेक्सिकोको सीमामा रहेको रियो ग्राण्डे नदिमा २ वर्षे बालिका र उनका बाबुको शव निकै हृदयविदारक अवस्थामा फेला पारिएको तस्बीर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

गैर कानूनी रुपमा मेक्सिकोबाट अमेरिका प्रवेश गर्न खोज्ने एल साल्भाडोरका नागरिक र उनकी छोरीलाई रियो ग्राण्डे नदिमा मृत फेला पारिएको हो । तस्बीरमा बालिका आफ्ना बाबुको टिसर्टमा बाँधिएकी छिन् भने उनको हातले आफ्ना बाबुको गलामा अँगालो हालेको देखिएको छ ।

मृतक साल्भाडोरन नागरिक ओस्कर अल्बेर्टो मार्टिनेज रहेको र उनकी छोरी एङ्गी भलेरा रहेको साल्भाडोरन अधिकारीले पुष्टि गरेका छन् ।

उनीहरुको शव अमेरिकी राज्य टेक्ससको ब्राउन्सभिल शहर पारी मेक्सिको तर्फ मातामोरोस क्षेत्रको रियो ग्राण्डे नदीमा फेला परेको थियो ।
उनीहरुलाई आइतबार रियो ग्राण्डे नदीले बगाएको बताइएको छ । उनीहरुको शव पछि नदीको किनारमा फेला पारिएको थियो । उनीहरुको शवनजिकै मानिसहरुले फालेका फोहार जम्मा भएका थिए ।

पछिल्लो समय अमेरिकामा कठोर आप्रवासन नीति अख्तियार गरिएपनि अवैध रुपमा अमेरिका प्रवेश गर्न चाहने आप्रवासीको सङ्ख्या कम भएको छैन । सोही अनुसार आप्रवासीहरु कठिन बाटो प्रयोग गरी अमेरिका प्रवेश गर्न बाध्य हुँदै गएका छन् ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ३ : ०४ बजे

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ