यस्तो सहमति गरेर मिलाइयो ‘गलबन्दी’ को विवाद | Khabarhub Khabarhub

यस्तो सहमति गरेर मिलाइयो ‘गलबन्दी’ को विवाद


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केही समयदेखि लय चोरीको आरोपले थप चर्चित बनेको गीत ‘गलबन्दी’ को विवाद अन्ततः सहमतिमा टुंगिएको छ । प्रकाश सपूत र शम्भु राईले प्रतिलिपि अधिकार रजिष्टारको कार्यालयमा बुधवार (आज) ४ बुँदे सहमति गर्दै चोरीको विवादलाई सहमतिमा टुंग्याएका हुन् ।

लय चोरीको आरोप लागेको प्रकाश सपूतको गीत ‘गलबन्दी’ को पछ्यौरी च्यातियो तिम्ले तानेर अंश र शम्भु राईको ‘देउसी भैलो’ मा समावेश आऊ नाचौँ साथी हो कम्मर कसेर को लय मिल्न गएको निष्कर्ष निकालिएको छ ।

प्रकाश सपूत र शम्भु राईले संयुक्त रुपमा हस्ताक्षर गरी जारी गरेको विज्ञप्तिमा  संगीत क्षेत्रका प्रतिनिधिको रोहवरमा सहमति भएको उल्लेख गरिएको छ । लय मिल्न गएको देखिएकाले लोक दोहोरी ‘गलबन्दी’ बोलको गीतको संगीत सिर्जना शम्भु राईको नाम समावेश गर्दै सच्याउने र पुन: संगीत सिर्जनामा प्रकाश सपूतको नाम राख्ने गरी सहमति भएको हो ।

यस्तै बुँदा नम्बर २ मा गीतमार्फत आउने आम्दानी सबै प्रकाश सपूतले नै पाउने र शम्भु राईले पनि आर्थिक अधिकार र प्रतिलिपी अधिकारका लागि दाबी गर्न नपाइने भनी सहमति भएको छ ।

योसँगै शम्भु राईले गीत चोरीको आरोप लगाउँदै सपूतविरुद्ध दिएको उजुरीसमेत फिर्ता लिएका छन् ।

यसअघि भने प्रकाश सपूतले आफूले ‘गलबन्दी’ को लय मिल्न गएको भनिएको गीत ‘देउसी भैलो’ नसुकेको बताउँदै आएका थिए । पछिल्लो समय संगीत क्षेत्रमा गीत चोरीको विषयले खुबै महत्त्व पाएको थियो । शम्भु राईले भने पहिलोपटकको छलफलमा पनि लय सिर्जनामा आफ्नो नाम राख्न जोड गरेका थिए । पहिले प्रकाश सपूत यसका लागि राजी नभए पनि पछि आएर राजी भएका हुन् ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ४ : ०३ बजे

लखनउमाथि हैदरावाद १० विकेटले विजयी : ऐतिहासिक जितमा बने धेरै रेकर्ड

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि