राष्ट्रिय सभामा विनियोजन विधेयक प्रस्तुत | Khabarhub Khabarhub

राष्ट्रिय सभामा विनियोजन विधेयक प्रस्तुत


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विनियोजन विधेयक २०७६ संघीय संसदको राष्ट्रिय सभामा प्रस्तुत भएको छ ।

बुधबार बसेको राष्ट्रिय सभाको बुधबारको दोस्रो बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले विधेयक प्रस्तुत गरेका हुन् ।

अर्थमन्त्री खतिवडाले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त विनियोजन विधेयक २०७६ माथि विचार गरियोस् भनि गरेको प्रस्ताव प्रस्तावमाथि बैठकमा सैद्धान्तिक छलफल गरी बहुमतले स्वीकृत गरिएको हो । विनियोजन विधेयकका विभिन्न शिर्षकहरु माथिको छलफल र मन्त्रीहरुको जवाफका लागि असार १५ देखि २४ गते सम्मको समय निर्धारण गरिएको छ ।

यसअघि बुधबार नै बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देश सहति प्राप्त विनियोजन विधेयक २०७६ सभा समक्ष टेबुल गरेका थिए ।

राष्ट्रिय सभाको अर्को बैठक असार १५ गते आइतबार बिहान ११ बजेका लागि बोलाईएको छ ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  १ : २९ बजे

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री