विश्वकप क्रिकेटमा आज न्युजिल्याण्ड र पाकिस्तान भिड्दै | Khabarhub Khabarhub

विश्वकप क्रिकेटमा आज न्युजिल्याण्ड र पाकिस्तान भिड्दै


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्ल्याण्डमा जारी आईसीसी विश्वकप क्रिकेट अन्तर्गत आज (बुधबार)को खेलमा न्युजिल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुदैछ । सेमिफाइलन प्रवेशका लागि हुने खेलमा दुवै टोली जीत निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछन् ।

बिर्मिङ्घम मैदानमा हुने खेलमा पाकिस्तानले बलियो मानिएको टोली न्युजिल्याण्डको सामना गर्नुपर्नेछ । यो पाकिस्तानका लागि अन्तिम मौकाका रुपमा हेरिएको खेलप्र‍ेमिहरु बताउँछन् ।

पाकिस्तानले आफ्नो पछिल्लो खेलमा दक्षिण अफ्रिकालाई हराएको थियो । न्युजिल्याण्डले वेस्ट ईन्डिजमाथि रोमाञ्चक जीत निकालेको थियो । प्रतियोगिताको अपराजीत टिम न्युजिल्याण्डका कप्तान केन विलियम्स पाकिस्तानविरुद्व सहज जीत निकाल्ने बताउँछन् ।

सरफराज नेतृत्वको पाकिस्तान टिम सेमिफाईनल पुग्न असंम्भव छैन तर सम्भावना निकै कठिन छ । सेमिफाईनल पुग्न पाकिस्तानले आगामी तीन खेल जीत्नुपर्ने समिकरण तय छ । न्युजिल्याण्ड लगत्तै पाकिस्तानले बंगलादेश र अफगानिस्तानलाई हराउनुपर्नेछ ।

श्रीलंकालाई हराउँदै प्रतियोगिताको सुरुवात गरेको न्युजिल्याण्डको जीतको यात्रा जारी छ । कप्तान विलियम्सले समेत शतक प्रहार गरेका छन् । रोस टेलर फर्ममा देखिएका छन् ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ९ : २९ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल

इलाम अपडेट : एमाले– १०४१९, कांग्रेस– ७०६२, मतान्तर– ३३५७

इलाम– इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना जारी

इलाममा मतगणना स्थल थपियो, तीन ठाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेट : एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।