होटेलको आडमा यौन धन्दा, २ जना पक्राउ | Khabarhub Khabarhub

होटेलको आडमा यौन धन्दा, २ जना पक्राउ


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- रेष्टुरेण्टमा रोजगारी लगाइदिन्छु भन्दै किशोरीलाई अवैध धन्दामा लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

विभिन्न प्रलोभन देखाएर किशोरीलाई जबरजस्ती यौनधन्दामा लगाउने गरेको आरोपमा २ जना होटल सञ्चालकलाई ललितपुर प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामेछापको खाडादेबी गाउँपालिका–५ का ३० वर्षीय सुजन कार्की र सोही गाउँपालिका वडा नम्बर ४ घर भएका वर्ष २४ का रामचन्द्र कार्की रहेका छन् ।

विभिन्न जिल्लाका किशोरीहरुलाई काममा लगाइदिन्छु भन्ने प्रलोभनमा पारी सोही रेष्टुरेण्टमा ल्याई शारीरिक सम्पर्क गर्न बाध्य गराई मानव बेचबिखन ओसारपसार तथा वेश्यावृति गराएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका ललितपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

उक्त रेष्टुरेण्टबाट ४ जना किशोरीको समेत उद्धार गरिएको छ। उनीहरुले ललितपुर–२ सानेपामा रुफटप रेष्टुरेण्ट एण्ड बार सञ्चालन गर्दै आएका थिए ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ९ : २२ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र