प्रधानमन्त्री बाबिसको राजीनामा माग्दै विशाल प्रदर्शन, लाखौं मानिस सडकमा | Khabarhub Khabarhub

प्रधानमन्त्री बाबिसको राजीनामा माग्दै विशाल प्रदर्शन, लाखौं मानिस सडकमा


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युरोपेली मुलुक चेक रिपब्लिकमा प्रधानमन्त्री आन्ड्रेज बाबिसको राजीनामा माग गर्दै विशाल प्रदर्शन भएको छ ।

‘मिलियन मोमेन्ट्स अफ डेमोक्रेसी ग्रुप’ ले आपराधिक गतिविधिमा संलग्न भएको र राष्ट्रघात गरेको आरोप लगाउँदै प्रधानमन्त्री बाबिसको राजीनामा माग गर्दै विशाल प्रदर्शन गरेको हो ।

राजधानी प्रागमा विशाल प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले आपराधिक गतिविधिमा संलग्न र राष्ट्रघातको आरोप लागेका व्यक्ति पदमा बस्न नहुने भन्दै राजीनामा माग गरेका हुन् ।

चेक रिपब्लिकमा भएको प्रदर्शन सन् १९८९ पछिकै ठूलो भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री बाबिसमाथि युरोपियन युनियनले दिएको २ मिलियन युरो अनुदान हिनामिना गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।

उनले आफू सत्तामा आउनु अघि सन् २०१७ मा सो रकम दुइवटा कोषमा ट्रान्सफर गरेको आरोप छ । प्रधानमन्त्रीले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् । प्रदर्शनकारीहरुले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म प्रदर्शन थप चर्काउने चेतावनी दिँदै आएका छन् ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ७ : ५१ बजे

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार सन्

आज आमाको मुख हेर्ने दिन : मातार्तीर्थमा मेला

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख २६ गते बुधारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका