सगरमाथाको ढुंगा ल्याउँदा तीन आरोही पक्राउ | Khabarhub Khabarhub

सगरमाथाको ढुंगा ल्याउँदा तीन आरोही पक्राउ


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सगरमाथाको आरोहण गरेर फर्किएका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सगरमाथाको ढुंगा बिनाअनुमति ल्याउँदा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

राष्ट्रिय निकुञ्जका कुनै पनि वस्तु बिनाअनुमति कसैले लैजान पाउँदैन । यस्तै संवेदनशील क्षेत्र सगरमाथा राष्ट्रिय निकुञ्जबाट केही आरोहीले ढुङ्गा बोकेर ल्याउँदा अहिले उनीहरु कानूनी झमेलामा परेका हुन्। हुन त उनीहरुले चिनोका लागि भनेर ढुङ्गा ल्याइएको भएपनि कानूनको अनभिज्ञता क्षम्य हुँदैन । कानून जानेको छैन भन्दैमा उसलाई सजायमा छुट नहुने प्रहरीको भनाइ छ ।

सगरमाथाको ढुंगा ल्याउँदा पक्राउ पर्नेमा ४० वर्षीय पेम्बा शेर्पा, ३० वर्षीय पुर्वा शेर्पा र अमेरिकी नागरिक सोफिया हेलर रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले जनाएको छ । उनीहरुलाई सानो आकारका १२ वटा ढुङ्गा र झण्डै एक किलोको अर्को ढुङ्गा ल्याएका थिए । सोलुखुम्बुबाट आएको सूचनाका आधारमा विमानस्थल प्रहरीले खानतलासी गर्दा उनीहरुको साथबाट ढुङ्गा बरामद गरेको हो ।

वन क्षेत्रको विषय भएकाले आवश्यक अनुसन्धान र कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाडौँलाई बुझाइएको विमानस्थल सुरक्षा कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जानकारी दिए । कार्यालयका डिभिजनल वन अधिकृत रामबाबु पौडेलले संरक्षित क्षेत्रबाट बिनाअनुमति कुनै पनि वस्तुहरु निकासी गर्न नपाइने बताए । यस्तो भएमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार कारबाही हुने बताए ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ७ : २४ बजे

आज २०८१ साल वैशाख २७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको