आफ्ना कारण ४० मिनेट उडान अवरुद्ध भएपछि मन्त्रीले दिइन् राजीनामा | Khabarhub Khabarhub

आफ्ना कारण ४० मिनेट उडान अवरुद्ध भएपछि मन्त्रीले दिइन् राजीनामा


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २०७५ साल साउन १० गते वर्तमान सरकारका उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव थाइल्याण्ड जानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । तर विदेश जान हिँडेका उपप्रधानमन्त्री यादवले विमानस्थल जाँदा  पासपोर्ट लान विर्सिए ।

विमानले उडान भर्नुभन्दा १० मिनेटमात्र पहिला विमानस्थल पुगेका मन्त्री विमानमा चढ्न लाग्दा विमानको ढोका लाग्नै आटेको थियो । तर उपप्रधानमन्त्री यादवले भने पासपोर्ट नै बोक्न छुटाएछन्, जसका कारण उक्त विमानको उडान ४५ मिनेट रोकिएको थियो । त्यसक्रममा मन्त्री यादवले विमानस्थका कर्मचारीसमक्ष आफ्नो ‘पावर’ प्रदर्शन गरेका थिए ।

उनले आफ्ना कारणले विमानको उडान ४५ मिनेट अवरुद्ध हुँदा माफि मागेनन् र माग्न जरुरी पनि सम्झेनन्, किनकी उनी उपप्रधामन्त्री हुन् ।

त्यस्तै विमान बारेको अर्को घटना पनि केही समय अघि निकै चर्चामा रह्यो । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटालाई विमानले छोडेको विषयले केही दिन समाजिक सञ्जाल तातेको थियो ।

वैशाख २ गते भैरहवाबाट काठमाडौं उडान भर्ने क्रममा बुद्ध एयरले मन्त्रीलाई छोडेर आएपछि खैलाबैला मच्चिएको थियो । सामाजिक सञ्जालहरुमा सत्तापक्षीयले विमान कम्पनीलाई गाली गरिरहेका थिए भने विपक्षी र सर्वसाधारणले समयमा उपस्थित नहुने जो सुकै भएपनि विमानले छोड्नु पर्ने बताएका थिए ।

विमान कम्पनीले भने ६८ जना यात्रुको संवेदनशिलतालाई मध्यनजर गर्दै उडान रोक्न नसकिएको बताएको थियो । विमानले उडान भरेलगत्तै मन्त्री विमानस्थल पुगेका थिए ।

यी माथिका दुई प्रसंग शक्तिमा रहेका दुई मन्त्री र भीआइपीको हो जसका कारण विमानका अन्य यात्रुले सास्ती र हैरानी व्यहोर्नु परेको थियो ।

उनीहरुले आफूहरुको गल्तीका कारण सर्वसाधारणले दुःख पाएकोमा न त कुनै पश्चाताप गरे न त माफि नै मागे ।

तर, मेक्सिकोकी वातावरण मन्त्रीले आफ्ना कारण ४० मिनेट उडान अवरुद्ध भएको भन्दै आफ्नो मन्त्री पदबाट राजीनामा नै दिएकी छिन् ।

जनताले आफ्नो कारण सास्ती पाएको भन्दै उनले पदबाट राजीनामा नै दिएकी हुन् । हुन त यो घटना उनको कारण भन्दा पनि राष्ट्रपतिको विशेष कारणले भएको थियो ।

मेक्सिकोकी वातावरण तथा प्राकृतिक संशाधनमन्त्री जोसेफा गोन्जालेज ब्लांकोले राष्ट्रपति आन्द्रेज म्यानुअल लोपेज ओब्रादोरसमक्ष आफ्नो राजीनामा बुझाएकी हुन् ।

गत शुक्रबार उनका कारण विमानस्थलको एक व्यावसायिक जहाज उड्न ४० मिनेट ढिला भएको थियो । ‘राष्ट्रपतिको विशेष आग्रह’ का कारण भएको भनिएको उक्त ढिलाईपछि उनको आलोचना शुरु भएको थियो ।

मन्त्री ब्लांकोले आफ्ना कारण भएको ढिलाईप्रति माफी माग्दै राजीनामापत्र बुझाएको जनाइएको छ । उनले कुनै उच्च पदस्थ व्यक्तिका कारण यस्ता घटना हुन नहुने समेत जनाएकी छिन् ।

त्यस्तै, उनले मेक्सिकोमा परिवर्तन चाहने भए सबैलाई समान र न्यायिक व्यवहार हुनुपर्ने तथा कोही व्यक्तिका कारण बहुसंख्यक मानिसलाई हानी हुन नहुने समेत जनाएकी छिन् ।

मेक्सीकोकी यी मन्त्रीबाट नेपाली मन्त्री र भीआईपीहरुले पनि केही सिक्ने र आफ्नो व्यहोरा र आचरणलाई सुधार गर्ने हो भने आम सर्वसाधारणले दुःख पाउने थिएनन् कि ?

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ४ : ४८ बजे

सुनचाँदीको मूल्य बढ्यो,  कतिमा हुँदैछ कारोबार?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी

मुुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी– निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट

सांसद्‌हरू भन्छन्‌ – ‘निजी क्षेत्रलाई विद्युत प्रसारणलाइनमा पनि संलग्न गराऔं’

काठमाडौं – विद्युत प्रसारणलाइन विस्तारमा पनि  निजी क्षेत्रलाई भूमिका दिनुपर्ने

चेपाङ आवास कार्यक्रम : इच्छाकामनामा २२ घर निर्माण

भरतपुर– चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको