कुन दूध बढी पोसिलो गाई या भैंसीको ? | Khabarhub Khabarhub

कुन दूध बढी पोसिलो गाई या भैंसीको ?


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दूध आफैंमा एक पोषणयुक्त पेय (खानेकुरा) हो । दूधमा धेरै मात्रामा क्याल्यिसम पाइन्छ, जो हड्डी र दाँतका लागि आवश्यक हुन्छ ।

स्वस्थ रहनका लागि चिकित्सकहरुले पनि नियमितजसो दूध पिउन सल्लाह दिन्छन् । दूधको कुरा गर्दा गाई या भैंसी, कसको दूध बढी फाइदाजनक हुन्छ भन्ने विषय पनि उठ्ने गर्छ ।

गाई या भैंसीको दूधका आ–आफ्नै फाइदा छन् । यो आलेखमा गाई र भैंसीको दूधमा हुने फरकपना र फाइदाको विषयमा चर्चा गरिएको छ ।

फ्याट

मानिसको स्वास्थ्यका लागि फ्याटको जति महत्व हुन्छ, यसको बढी प्रयोगले त्यत्तिकै हानी पनि पु¥याउँछ । भैंसीको दूधको तुलनामा गाईको दूधमा फ्याटको मात्रा कम हुन्छ ।

गाईको दूधमा ३ देखि ४ प्रतिशतसम्म फ्याट हुन्छ भने भैंसीको दूधमा ७ देखि ८ प्रतिशतसम्म फ्याट हुन्छ ।

पानीको मात्रा

तपाईं दैनिक पानी कम पिउनुहुन्छ र, आफूले खाने÷पिउने अन्य चिजबाट शरीरमा पानीको आपूर्ति होस् भन्ने चाहनुहुन्छ भने गाईंको दूध पिउँदा राम्रो हुन्छ । गाईको दूधमा ९० प्रतिशतसम्म पानी हुन्छ ।

प्रोटिन

हाम्रो शरीरका लागि नभइ नहुने तत्वमा पर्छ प्रोटिन । गाईको दूधको तुलनामा भैंसीको दूधमा १० देखि ११ प्रशित बढी प्रोटिन पाइन्छ । यद्यपि नवजात शिशू र बृद्धबृद्धालाई भैंसीको दूध खुवाउँदा बढी प्रोटिनले केही असर पनि पु¥याउन सक्छ ।

कोलेस्ट्रोल

अहिलेका लागि दीर्घ रोगको कारणमध्ये कोलेस्ट्रोल पनि एक हो । कोलेस्ट्रोलले रगतलाई बाक्लो बनाउँछ । जसका कारण मिर्गौला, मोटोपना, मुटुसम्बन्धी रोगबाट पीडित भइन्छ । गाई र भैंसीको दूधमा पनि कोलेस्ट्रोलको मात्रा अलग–अलग हुन्छ ।

गाईको दूधको तुलनामा भैंसीको दूधमा कोलेस्ट्रोलको मात्रा कम हुन्छ ।

क्यालोरी

भैंसीको दूधमा प्राटिन र फ्याटको मात्रा बढी हुन्छ, यसको अर्थ यसमा क्यालोरी पनि बढी हुन्छ । एक अध्ययनका अनुसार २५० एमएल (मिलिलिटर) भैंसीको दूधमा २७३ क्यालोरिज हुन्छ भने गाईको दूधमा १४८ क्यालोरिज हुन्छ ।

अरु पनि जानकारी

यदि तपाईंलाई राति सुत्दा लामो समयसम्म निद्रा नलाग्ने समस्या छ भने एक गिलास भैंसीको दूध पिउनुहोस्, यसले तपाईंलाई निद्रा लाग्न मद्दत पुग्ने छ ।

पनिर, खोया, दहि, खीर, ध्यू आदी परिकार बनाउनका लागि भैंसीको दूध राम्रो हुन्छ । गाईको दूधमा चिल्लोपना कम हुने भएकाले मिठाइ बनाउनका लागि राम्रो हुन्छ ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ४ : ४२ बजे

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम

दक्षिण पेरुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

लिमा– दक्षिणी पेरुको पुनो क्षेत्रमा सोमबार बिहानै एउटा यात्रुवाहक बस

भक्तपुरमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुर– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको मिलनचोकमा मंगलबार दुर्घटना हुँंदा एकजनाको मृत्यु