सैनिक कर्मचारीलाई सदाचारमा रही होसियारीपूर्वक जिम्मेवारी सम्हाल्न निर्देशन | Khabarhub Khabarhub

सैनिक कर्मचारीलाई सदाचारमा रही होसियारीपूर्वक जिम्मेवारी सम्हाल्न निर्देशन


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले सङ्गठनको छवि नै धमिल्याउने गरी हुने लापरवाहीलाई क्षमा नदिइने भन्दै सैनिक सदाचारमा रही होसियारीपूर्वक जिम्मेवारी सम्हाल्न सकल दर्जालाई निर्देशन दिएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा ‘सैनिक सदाचारको उत्साह’ भन्ने मूल ‘भावना’सहित आयोजित आचारसंहिता सप्ताह समापन समारोहमा निमित्त बलाधिकृत रथी शरदकुमार गिरीले विकृति, विसङ्गति वा संस्थागत मूल्य मान्यता र नैतिकतासँग नसुहाउने खाले क्रियाकलाप क्षमा नदिइने बताए । उ पु¥याउनेछ ।”

उत्कृष्ट सैनिक अनुशासन र आचरणसहितको सैनिक चरित्र विकास गर्न सेनाले हरेक वर्षको पहिलो महीनाको पहिलो साता सप्ताह व्यापीरुपमा आचारसंहिता सञ्चालन गर्ने निर्णय गरेको हो । संस्थाका मूल्यमान्यता, सिद्धान्त र आदर्शभित्र रही सेनाले गर्नुपर्ने, गर्न हुने र गर्न नहुने विषयमा सप्ताहका क्रममा सकल दर्जालाई प्रशिक्षण दिने गरिन्छ ।

नेपाली संस्कृति, पहिचान र भौगोलिक अवस्थिति बुझेका कारण विश्वका प्राचीन थोरै स्वतन्त्र मुलुकको सूचीमा नेपाललाई राख्न सफल हुनु गौरव हो भन्दै सेनाले अकल्पनीय सङ्कटको अवस्थामा अदम्य साहस, बफादारीको भावनाबाट कमाएको ख्यातिलाई जोगाउन सदाचार र सैनिक अनुशासनमा रहन आवश्यक रहेको सेनाको भनाइ रहेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ३ : २१ बजे

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको

अस्ट्रेलियामा चक्कु प्रहार गर्दै हिँडेका नाबालिग प्रहरीबाट मारिए

काठमाडौं– अष्ट्रेलियाको पर्थमा चक्कु प्रहार गर्दै हिँडेका नाबालिगको प्रहरीको गोलीबाट

एमाले भोजपुरको अध्यक्ष मक्कर खड्का निर्वाचित

भोजपुर– नेकपा एमाले जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित

ठाढीसहितका सीमानाका दुई चरणमा आठ दिन बन्द हुने

सिरहा– छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत

धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण अलपत्र

कैलाली– धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा