कुवेतको रोजगारी– प्रहरी रिपोर्ट प्रमाणीकरण गर्न दिल्ली जानुपर्ने | Khabarhub Khabarhub

कुवेतको रोजगारी– प्रहरी रिपोर्ट प्रमाणीकरण गर्न दिल्ली जानुपर्ने


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुवेतका लागि वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको प्रहरी रिपोर्ट (आचरण प्रमाणपत्र) को प्रमाणीकरण दिल्लीस्थित कुवेती राजदूतावासबाट गर्नुपर्ने भएको छ ।

कुवेत सरकारले रोजगारीमा आउने नेपाली श्रमिकको हकमा प्रहरी रिपोर्ट दिल्लीमा रहेको दूतावासबाट प्रमाणीकरण गर्ने व्यवस्था लागू गर्ने तयारी गरेको छ ।

कुवेत सरकारले गत साता विदेशी श्रमिकसम्बन्धी नियम परिवर्तन गरि यस्तो निर्णय गरेको हो । नेपालमा कुवेत सरकारको कुटनीतिक नियोग नभएका कारण नयाँ नियमअनुसार दिल्लीमा रहेको दूतावासबाट रोजगारीमा जाने कामदारको प्रहरी रिपोर्ट प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गर्ने लागेको हो ।

हालसम्म नेपाल प्रहरीले जारी गर्ने अंग्रेजी भाषाको (आचरण) रिपोर्टमा नेपालको कन्सुलर विभागले छाप लगाई प्रमाणीकरण गरि कुवेतस्थित अध्यागमन र रोजगारदाता कम्पनीमा पठाएर सिधै स्वीकृति लिने गरेको थियो । त्यसपछि रोजगारदाता र अध्यागमनले स्वीकार गरेपछि कामदार जान पाउने गरेका थिए ।

कुवेत सरकारले भने विदेशी कामदारले आफना कुटनीतिक नियोगबाट अनिवार्य प्रहरी रिपोर्ट गराउनुपर्ने व्यवस्था लागू गर्ने निर्णय गरेको छ । प्रहरी रिपोर्ट प्रमाणिकरण गर्ने कम्तिमा ५० अमेरिकी डलर खर्च लाग्नसक्ने वैदेशिक रोजगार व्यवसायीले जानकारी दिएका छन् । जसका कारण कुवेत जाने कामदारलाई यो रकम आर्थिक भार थपिने छ । काठमाडौंबाट प्रहरी रिपोर्ट बनाएर दिल्ली जानुपर्‍यो भने कम्तिमा २५ हजार प्रति कामदार खर्च हुने व्यवसायीहरुको भनाइ छ । यो विषयमा सरकारले कुटनीतिक पहल गर्नुपर्ने उनीहरु बताउँछन् ।

नेपाल प्रहरीले दिएको रिपोर्ट सम्बन्धित कामदार नै दूतावासमा उपस्थित भई प्रमाणीकरण गर्नुपर्ने कुवेत सरकारले व्यवस्था गरेसँगै कामदारको खर्च बढ्ने भएको हो ।

कामदार मात्र नभई व्यापार र अन्य प्रयोजनका लागि कुवेत जान चाहनेहरुले समेत प्रहरी रिपोर्ट अनिवार्य रुपमा बुझाउनु पर्ने कुवेत सरकारले नियम बनाएको छ । जसका लागि यो नियमले समस्या उत्पन्न हुने देखिन्छ । यो विषयमा कुवेतस्थीत नेपाली राजदूतावास भने बेखर रहेको छ । कुवेत सरकारले यो विषयमा दूतावासमा जानकारी नगराएको दूतावासका एक कर्मचारीले जानकारी दिए ।

पछिल्लो समय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रदेशस्तरबाटै प्रहरी चालचलन रिपोर्ट जारी गर्ने निर्णय कार्यान्वयनमा ल्याएपछि रोजगारीका जाने कामदार रिपोर्टका लागि राजधानी धाउनुपर्ने बाध्यता अन्त्य भएको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  २ : ३८ बजे

फिल्म निर्देशनमा प्रकाश सपूत (तस्बिरसहित)

काठमाडौं– गायक प्रकाश सपूतले फिल्म निर्माणको घोषणा गरेका छन् ।

उपेन्द्र यादव विदेशमै हुँदा फुट्यो जसपा, सात सांसदले नयाँ दल दर्ता गर्दै

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी विभाजित भएको छ

जापानी विदेशमन्त्री खामीखावा र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठबीच द्विपक्षीय भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहेकी

सरकार व्यवहारमै निजी क्षेत्रमैत्री रहेको पुष्टि भइसक्यो : अर्थमन्त्री पुन 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार निजी क्षेत्रमैत्री

विश्वासको मत लिन बोलाइएको गण्डकीको बैठक आधा घण्टा स्थगित  

काठमाडौं– गण्डकी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ