धुर्मुस-सुन्तलीलाई साथ दिँदै बद्री र पूर्णकलाले गाए यस्तो गीत | Khabarhub Khabarhub

धुर्मुस-सुन्तलीलाई साथ दिँदै बद्री र पूर्णकलाले गाए यस्तो गीत


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चितवनमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला निर्माण अभियान सफल बनाउने हेतुले तयार पारिएको गीत ‘रङ्गशाला बन्छ नेपालीको’ सार्वजनिक गरिएको छ । उक्त गीतमा गायक बद्री पंगेनी र पूर्णकला बिसीको आवाज सुन्न सकिन्छ ।

‘रङ्गशाला बन्छ नेपालीको’ बोलको गीतमा दुर्गा पंगेनीका शब्द छन् भने गीतमा संगीत गायक बद्री पंगेनीले नै दिएका छन् । गीतका शब्दमा नेपालीको सपनाका रुपमा यो परियोजनालाई उभ्याइएको छ । भिडियोमा धुर्मुस–सुन्तलीले गरेको कामलाई पनि देखाइएको छ ।

शंकर बिसीले यो भिडियोको निर्देशन गरेका हुन् । नेपाली खेलाडीलाई स्तरीय खेल मैदान नहुँदा चितवनमा धुर्मुस–सुन्तली फाउन्डेसनले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्न लागेको बताउँदै आएको छ । गायक बद्री पंगेनीले रंगशाला निर्माणमा सबैले सहयोग गर्नुपर्ने धारणा राखे ।

यो गीत युट्युबमा धुर्मुस सुन्तली फाउन्डेसनको आधिकारिक च्यानलमा पनि हेर्न सकिन्छ ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ३ : २० बजे

काठमाडौंका यी स्थानमा चार घण्टा विद्युत बन्द

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा आज विद्युत सेवा

प्रविधिको दास बन्दैछ मान्छे

आजकल हरेक घर, परिवार र व्यक्तिमा हुने संवाद र सम्बन्ध

मौरीपालनका लागि अनुदान बढाउन माग

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरका किसानले जिल्लामा मौरीपालनका निम्ति उपयुक्त वातावरण

साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासरले अल वेहडालाई फराकिलो

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको