एएफसी–१९ महिला च्याम्पियनसिप : नेपाल अस्ट्रेलियाविरुद्ध प्रतिस्पर्धा गर्दै | Khabarhub Khabarhub

एएफसी–१९ महिला च्याम्पियनसिप : नेपाल अस्ट्रेलियाविरुद्ध प्रतिस्पर्धा गर्दै


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय यु–१९ महिला फुटबल टोलीले आज (शुक्रबार) एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ ।

म्यानमारको मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा आज नेपाल र अष्ट्रेलियाबीचको खेल हुनेछ । पहिलो खेलमा अष्ट्रेलियालाई रोक्दै सुखद सुरुवातको गर्ने नेपाली टोलीको लक्ष्य छ ।

फिफा वरियतामा अष्ट्रेलिया ४१ औं स्थानमा छ भने नेपाल १६० औं स्थानमा छ । त्यसैले अष्ट्रेलियाविरुद्ध नेपाल रक्षात्मक खेल्ने योजनामा छ ।

छनोटमा नेपालले अष्ट्रेलियापछि नेपालले अप्रिल २८ मा उज्वेकिस्तान र ३० अप्रिलमा म्यानमारसँग खेल्नेछ । छनोटको शीर्ष टोलीले एएफसी यू–१९ च्याम्पियनसिपमा स्थान बनाउने छन् ।

गत कार्तिक दोस्रो साता थाइल्याण्डमा भएको पहिलो चरणको छनोटमा नेपाल उपविजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेको थियो । नेपालले तीन खेलबाट ६ अंक बनाउँदै दोस्रो चरणमा स्थान बनाएको थियो ।

नेपाली टोली :

गोलकिपर : अन्जना राना मगर, रेबिका राई, उषा नाथ

डिफेण्डर : निशा थोकर, रोजिना श्रेष्ठ, सुष्मा महर्जन, समिक्षा घिमिरे, बिमला विश्वकर्मा, पुजा राना मगर, सलोनी राना मगर, सबिता राना मगर

मिडफिल्डर : सरु लिम्बु कप्तान, मन्जली कुमारी योञ्जन, मेनुका आले मगर, अस्मिता बैद्य, मनिषा राउत, सुहानी कुशुवार, प्रीति राई, सम्झना लावती

फरवार्ड : रश्मी कुमारी घिसिङ, एलिशा जिम्बा, रेखा पौडेल, निर्मला उपाध्याय

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ७ : ५० बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड