चट्याङ लागेर दुई घाइते, आधा दर्जन बढी बिजुलीका खम्बा ढले | Khabarhub Khabarhub

चट्याङ लागेर दुई घाइते, आधा दर्जन बढी बिजुलीका खम्बा ढले


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भद्रपुर- हावाहुरीसँगै परेको चट्याङले लागेर झापामा दुई जना घाइते भएका छन् । मंगलबार परेको चट्याङबाट घाइते हुनेमा अर्जुनधारा नगरपालिका–११ मिल चोक बस्ने ४७ वर्षीया फूलामाया बर्देवा र ४२ वर्षीया कृष्णा बर्देवा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीहरु दुवैलाई घरमै बसिरहेका अवस्थामा चट्याङले लागेको थियो । घाइते दुवैको मनमोहन अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । हावाहुरीले झापाका विभिन्न स्थानमा बिजुलीका आधा दर्जनभन्दा बढी खम्बा ढालेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार भद्रपुर नगरपालिका–१० स्थित भद्रपुर विमानस्थलको पूर्वपट्टि, गौरदाह–७ ग्वालडुब्बामा एक–एक र बिर्तामोड नगरपालिका–५ मा बिजुलीका दुई खम्बा ढलेका छन् । त्यसैगरी हावाहुरीले मेनपा–१५स्थित नरेश लिम्बू र कचनकवल गापा–६ बस्ने झड्कन ठाकुरको घरको टिनको छानो उडाएको छ भने भद्रपुर–८ स्थित सगरमाथा चोकमा रहेको प्रहरी बिट पल्टाएको प्रवक्ता श्रेष्ठले बताए ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ६ : २६ बजे

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन

आजको मौसम : कतै हावाहुरी, कतै छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

च्याम्पियन्स लिग : पहिलो लेगमा बोरुसिया डर्टमुण्डको जित

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग दोस्रो सेमीफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुण्डले जित