काठमाडौंका सडकमा आजबाट इटालियन ब्रुमर, हट्ला त धुलो ? | Khabarhub Khabarhub

काठमाडौंका सडकमा आजबाट इटालियन ब्रुमर, हट्ला त धुलो ?


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– धुलो र धुवाले आजित बनेका काठमाडौंबासीलाई आजबाट केही राहत मिल्ने संकेत देखिएको छ । इटालियन ब्रुमरको सहायताले काठमाडौंका सडक सफा गरिने भएपछि धुलोबाट केही राहत मिल्ने देखिएको हो ।

काठमाडौं महानगरपालिकाले आज औपचारिक कार्यक्रम आयोजना गरी सडक सफाइका लागि इटालिएन ब्रुमर प्रयोगमा ल्याउने छ । राष्ट्रिय सभागृहमा आज दिउँसो कार्यक्रम राखिएको छ ।

महानगरका प्रवक्ता ईश्वरमान डंगोलले दिएको जानकारी अनुसार सुन्धारा, टुँडीखेलआसपास ब्रमुर प्रयोग गरिने छ ।
त्यसैगरी थापाथली, बानेश्वर, तीनकुने, सिनामंगल, एयरपोर्ट रोडमा पनि ब्रुमरको प्रयोग गरी धुलो सफा गरिनेछ ।

त्यस्तै सिंहदरबार हुँदै पुतलीसडक हात्तीसार, दरबारमार्गमा पनि सफाइ गरिनेछ । त्यस्तै ज्ञानेश्वर, मैतिदेवी, पुरानो बानेश्वर तथा लैनचौर, लाजिम्पाट, महाराजगन्ज रोडमा पनि सफाइ गरिनेछ ।

कलंकी, बल्खु, कालीमाटी, टेकु त्रिपुरेश्वर, लगायतका स्थानमा पनि ब्रुमर सञ्चालन ल्याइनेछ ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  १० : १६ बजे

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै