ढोरपाटन महिला भलिबल माघ १६ देखि | Khabarhub Khabarhub

ढोरपाटन महिला भलिबल माघ १६ देखि


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- १५ औं ढोरपाटन महिला भलिबल माघ १६ गतेदेखि शुरु हुने भएको छ। बिहीबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरेर आयोजकले प्रतियोगिता माघ १६ मा शुरु भएर २८ गतेसम्म सञ्चालन हुने जानकारी दिएहो हो ।

ढोरपाटन भलिबल क्लबको आयोजना हुने प्रतियोगिताको विजेताले ४ लाख ५ हजार पाउनेछ भने उपविजेता टोलीले २ लाख ५ हजार पाउनेछ ।

तेस्रो, चौथो, पाँचौ र छैठौं हुने टोलीले क्रमशः १ लाख ५ हजार, ७५ हजार, ५५ हजार र ४५ हजार प्राप्त गर्नेछन्।

महिला भलिबलमा १२ टोली सहभागी हुनेछन्। जसमा नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, टप्स उमाबी पोखरा, बुलबुले रारा, कर्णाली प्रदेश छन्।

यस्तै, न्यूडाइमण्ड एकेडेमी, पारामाउण्ट आवाशीय माबी, थ्रीस्टार एकेडेमी, चुली युवा क्लब सुर्खेत, चितवन टाइगर्स चितवन, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र आयोजक ढोरपाटन क्लब रहेको छ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने ३ खेलाडीले स्कुटरल पाउनेछन्। स्कुटर बर्ष खेलाडी, उत्कृष्ट खेलाडी र उदीयमान खेलाडीले पाउनेछन्। महिला भलिबलको खर्च अनुमान आयोजकले ५१ लाख रहेको छ।

अघिल्लो बर्ष ढोरपाटन महिला भलिबल एपीएफ क्लबले जितेको थियो। एपीएफले ३ लाख ५० हजार पाएको थियो।
अघिल्लो संस्करणको भन्दा यो बर्ष विजेता पुरस्कारमा ५५ हजार बढेको छ।

ढोरपाटनले नै आयोजना गर्ने पुरुष भलिबल प्रतियोगिता चैत ११ देखि १८ गतेसम्म चल्नेछ। ३५ लाख खर्च अनुमान गरिएको पुरुष भलिलबलका विजेताले ३ लाख उपविजेता २ लाख र तेस्रो हुने टोलीले १ लाख पाउनेछ भने चौथो हुने टिमले ५० हजार पाउनेछन्।

पुरुषतर्फको उत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने छन्।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ८ : ५५ बजे

‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी’ 

पाटन – ललितपुर महानगरपालिकालगायत विभिन्न चार स्थानीय तहका प्रमुखहरूले विपद्

पूर्वी रफाहका मानवीय क्षेत्र तत्काल खाली गर्न इजराइलद्वारा सूचना जारी

काठमाडौं– देशका रक्षामन्त्रीको तीव्र कारबाहीको चेतावनीपछि इजराइली सेनाले पूर्वी रफाहका

मुस्ताङका च्याङ्ग्राको भुवा परीक्षण

म्याग्दी– मुस्ताङका कृषकले पालेका च्याङ्ग्राको भुवाको गुणस्तर परीक्षण गरिएको छ

जसपा विभाजन भएको छैन : प्रवक्ता सुमन

काठमाडौं– जसपा नेपालले दल विभाजनको अवस्था नरहेको बताएको छ ।

निर्वाचन आयोगमा दर्ता भयो अशोक राई नेतृत्वको जसपा

काठमाडौं – निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी