साइबर अपराध न्यूनीकरणमा सुरक्षा निकाय चनाखो रहनुपर्छः महानिरीक्षक खनाल | Khabarhub Khabarhub

साइबर अपराध न्यूनीकरणमा सुरक्षा निकाय चनाखो रहनुपर्छः महानिरीक्षक खनाल


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले डिजिटल नेपाल सम्बन्धी प्रस्तुतीकरण नेपाल प्रहरीका लागि फलदायी भएको बताएका छन् ।

उनले साइबर अपराध न्यूनीकरणका लागि  सुरक्षा निकाय चनाखो रहनुपर्ने बताउँदै डिजिटल नेपाल सम्बन्धी प्रस्तुतीकरण फलदायी भएको बताएका हुन् ।

अमेरिकाको भर्जिनियास्थित ईसीपीआई युनिभर्सिटिका प्रोफेसर डा. रामहरि सुवेदीद्वारा डिजिटल नेपाल सम्बन्धी प्रस्तुतीकरण कार्यक्रम प्रहरी प्रधान कार्यालयमा बिहीबार सम्पन्न भएको हो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले प्रस्तुतीकरण प्रहरी संगठनका लागि फलदायी र निकै महत्वपूर्ण भएको बताए । उक्त प्रस्तुतीकरण लागि प्रोफेसर डा. सुवेदीलाई महानिरीक्षक खनालले धन्यवाद दिए ।

प्रहरी महानिरीक्षक खनालले डिजिटल नेपालका लागि सांगठनिक रुपमा सबल हुनुको साथै व्यक्तिगत रुपमा ज्ञान बढाउनुपर्नेमा जोड दिँदै प्रणालीगत रुपमा साधनस्रोत व्यवस्थापनको साथै मातहतसम्म ज्ञान पुर्‍याउनुपर्ने बताए ।

सूचना प्रविधिसँग सम्बन्धित प्रहरी युनिटहरुले प्रोफेसर डा. सुवेदीसँग समन्वय गरी विशेष योजना बनाएर अगाडि बढनुपर्ने उल्लेख गरे ।

कार्यक्रममा प्रोफेसर डा. सुवेदीले Developing Cyber Security Framework प्रस्तुत गर्दै पूर्वाधार निर्माण तथा विकास, दक्ष जनशक्ति उत्पादन, शैक्षिक प्रणालीमा विकास, कानुन निर्माण तथा उचित कार्यान्वयन लगायतका विषयलाई प्राथमिकता दिनसके डिजिटल नेपालको कल्पना गर्ने सकिने बताएका थिए ।

यसका लागि सुरक्षा निकायले विशेष पहल गर्नुपर्नेमा उनको जोड ‍थियो ।  साइबर अपराधको अवस्था, यसबाट हुने खतरा, सुरक्षाको वर्तमान अवस्था, साइबर अपराधको विश्वव्यापी अवस्थाबारे जानकारी दिँदै उनले साइबर अपराध न्यूनीकरणका चुनौती र समाधानका उपायबारे चर्चा गरेका थिए ।

प्रस्तुतीकरण कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालय, केन्द्रीय साइबर ब्यूरो, केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय अपराध महाशाखा लगायत विशिष्टिकृत साइबर सुरक्षासँग सम्बन्धीत कार्यालयका प्रमुखहरु तथा कार्यरत प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ७ : ३८ बजे

युद्धविराम वार्ता गर्न हमासका प्रतिनिधि कायरो जाने

एजेन्सी – गाजापट्टीमा सक्रिय प्यालेस्टाइनी हमास समूहले इजरायलसँग युद्धविरामसम्बन्धी वार्ता

उद्यमशीलताको विकासबिना मुलुक समृद्ध बन्दैन : उद्योगमन्त्री

अछाम– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली उद्यमीहरूले उत्पादन

युद्धविरामको जवाफ दिन हमासलाई एक साताको समय

काठमाडौं– इजरायलले हमासलाई युद्धविराम र बन्धकहरूको रिहाइको पछिल्लो प्रस्तावको जवाफ

विद्युत लाइन भूमिगत गर्न प्राधिकरणले ६ फिडरमा बिजुली काट्ने

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले विद्युत लाइन भूमिगत गर्न काठमाडौं

लोकतन्त्रप्रति जनताको भरोसा जगाउने उपयुक्त औजार सूचनाको हक़ : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त