ए डिभिजन लिग फुटबलः संकटा र जावलाखेलले अंक बाँडे | Khabarhub Khabarhub

ए डिभिजन लिग फुटबलः संकटा र जावलाखेलले अंक बाँडे


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लब र जावलाखेल युथ क्लबले एक-एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलको ३७ औं मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई अग्रता दिलाएपनि त्यसलाई जोगान नसक्दा संकटाले एक अंकमै चित्त बुझाउनु परेको हो ।

खेलको ७२ औं मिनेटमा ड्याडी जुनियरले गोल गर्दै जावलाखेललाई खेलमा फर्काए । हरि कठायतको फ्रिकिकलाई उनले हेड गर्दै  बललाई जाली चुमाएका थिए ।

बराबरीसँगै संकटाले ३ खेलमा ४ अंक जोडेको छ । संकटा लिगको सातौं स्थानमा रहेको छ । जावलाखेलले ३ खेलमा ५ अंक जोडेको छ । जावलाखेल लिगको तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ६ : १२ बजे

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा