देशभर चिसो बढ्यो, काठमाडौंको तापक्रम १ डिग्रीमा झर्‍यो | Khabarhub Khabarhub

देशभर चिसो बढ्यो, काठमाडौंको तापक्रम १ डिग्रीमा झर्‍यो


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-काठमाडौंसहित देशभर चिसो बढेको छ । आज (बिहीबार) काठमाडौंको तापक्रम १ डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिजो (बुधबार) काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको थियो ।

चिसो बढ्दै गएको र काठमाडौं उपत्यकाको तापक्रम दिनप्रतिदिन घट्ने क्रममा रहेको महाशाखाले जनाएको छ।

यसअघि मङ्गलबार काठमाडौंको न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री मापन भएको थियो ।

त्यस्तै पश्चिम तराईका जिल्लामा पनि चिसो ह्वात्तै बढेको छ । चिसो बढेसँगै तराईका अधिकांश जिल्लामा हुस्सु र शितलहरले जनजीवन कष्टकर बन्दै गएको छ । चिसोबाट विशेष गरी वृद्धवृद्धा र बालबालिका बढी प्रभाति हुने गरेकाले चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन् ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम माइनस ६ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । त्यसैगरी दिपालय ४.६, पोखरा ७.४ मापन गरिएको छ ।

अन्य उल्लेख्य मौसम प्रणाली नरहेकाले देशभरको मौसम भने सफा रहने महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

पुस १० गते (बिहिबार)

दिउँसो : देशका पूर्वी र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा आंशिक वदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।

राति : देशको मध्य तथा पूर्वी भू-भागका थोरै स्थानहरुमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।

पुस ११ गते (शुक्रबार )

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।

राति : देशको मध्य तथा पूर्वी भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।

पुस १२ गते (शनिबार)

दिउँसो : देशका पूर्वी पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।

राति : देशको मध्य तथा पूर्वी भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ७ : २१ बजे

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू