२५ किलो सुन तस्करी गर्नेविरुद्ध ३० करोड बिगो दाबी गर्दै मुद्दा दर्ता | Khabarhub Khabarhub

२५ किलो सुन तस्करी गर्नेविरुद्ध ३० करोड बिगो दाबी गर्दै मुद्दा दर्ता


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २५ किलो सुनसहित पक्राउ परेका व्यक्तिविरुद्ध ३० करोड २६ लाख ५० हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दर्ता भएको छ ।

राजश्व अनुसन्धान विभागले विभिन्न पटक गरी अवैध रुपमा २५ किलोसम्म सुन चोरी पैठारी (तस्करी) गरी राजश्व छलि गरेको अभियोगमा तोप्के भोटेसहित ७ जनाविरुद्ध जिल्ला अदालत संखुवासभामा मुद्दा दर्ता गरेको हो ।

प्रहरीले तोप्केलाई ५ किलो सुनसहित पक्राउ गरी आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग पठाएको थियो ।

तोप्केमाथि थप अनुसन्धान गर्दा उनले अन्य ६ जनासँग मिलेर त्यसअघि पनि पटक पटक गरी २५ किलो सुन तस्करी गरेको भेटिएको हो ।

राजश्व अनुसन्धान विभागले तोप्केका अतिरिक्त रिन्जीन भोटे, जर्गा भोटे, छिरिङ भोटे, ग्यात्सो भोटे, क्यमा भोटे र सोनाम डोमा भोटेलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो ।

उनीहरुले १५ करोड १३ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको सुन तस्करी गरेको विभागले जनाएको छ । सुनको मूल्य बराबर राजश्व छलि गरेको तथा विदेशी विनिमय अपचलन गरेको भन्दै विभागले उनीहरुबाट ३० करोड २६ लाख ५० हजार रुपैयाँ बिगो दाबी गरेको छ ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ६ : २९ बजे

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी

क्यानडाका लागि नेपाली राजदूत पौड्यालबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले गभर्नर जलरल मेरी

बाँकेको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने

काठमाडौं– बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागार आजदेखि

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली