वैदेशिक रोजगारी : ई-टोकन र म्यासेजिङ सेवा मंसिर १५ बाट शुरु हुने | Khabarhub Khabarhub

वैदेशिक रोजगारी : ई-टोकन र म्यासेजिङ सेवा मंसिर १५ बाट शुरु हुने


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले वैदेशिक रोजगारीमा जाने कामदार र विदेशमा कार्यरत श्रमिकले ई–टोकन म्यासेजिङबाट श्रम स्वीकृतिको सेवा शुरु गर्ने भएको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकका हकमा मंसिर १५ गतेदेखि श्रम स्वीकृतिका लागि अनलाइन आवेदन पेश गर्ने बित्तिकै श्रम स्वीकृति लिन मिल्ने दिन र समय थाहा पाउने वैदेशिक रोजगार विभागले जनाएको छ ।

श्रम स्वीकृतिको जानकारी पनि मोबाइलमा मेसेजबाटै प्राप्त गर्न र सेवाग्राहीले फाराम भर्दा पेश गरेको इमेलमा श्रम स्टीकर पठाउने विभागले जनाएको छ ।

आइनलाइनबाटै पुनः श्रम स्वीकृतिका लागि आफूलाई पायक पर्ने श्रम कार्यालय छान्न सकिने पनि वैदेशिक रोजगार विभागका महानिर्देशक डा.भिष्मकुमार भुसालले जानकारी दिएका छन् ।

वैदेशिक रोजगारीमा जाने कामदारका हकमा सेवालाई थप प्रभावकारी बनाउन विभागले म्यासेजिङ प्रणालीलाई शुरु गरेको महानिर्देशक भुसालले बताए ।

आवेदन बुझाइसकेपछि कुनै कारणले श्रम स्वीकृति वा अस्वीकृत भएमा वा थप कागजात पेश गर्नु परेमा यो प्रणालीबाट मोबाइलमा म्यासेज आउने उनको भनाइ छ ।

वैदेशिक रोजगारीमा जाने कामदारलाई फारम भर्दा सहि नम्बर प्रयोग गर्न विभागले अनुरोध गरेको छ । अनलाइनबाटै फारम भरेर तोकिएको समयमा कार्यालयमा पर्खिरहनुपर्ने पुरानो परम्पराको अन्त्य हुने विभागको विश्वास छ ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  १ : ४२ बजे

टोटनह्याममाथि चेल्सी २-० ले विजयी

काठमाडौं- इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ

बिग्रँदो टर्की इजरायल सम्बन्ध

काठमाडौं – इजरायलले गाजामा लगातार आक्रमण जारी राखेर मानवता विरोधी

बागमतीका १३ जिल्लाका कांग्रेस नेता तथा जनप्रतिनिधि दोलखामा 

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता

एकीकृत समाजवादी चितवनको अध्यक्षमा कन्दङ्गवा

चितवन– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ जिल्ला अधिवेशनले

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै