जापान अवार्ड प्रकरणले सिकाएको एउटा पाठ ! | Khabarhub Khabarhub

जापान अवार्ड प्रकरणले सिकाएको एउटा पाठ !


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नोभेम्बर २४ अर्थात् गत आइतबार जापानको टोकियोमा ‘सूर्य इन्टरनेशनल अवार्ड २०१९’ को आयोजना गरियो । यो अवार्ड कार्यक्रम आयोजना हुनुपूर्व नै विवादमा फसेको थियो । आयोजकले अवार्डका नाममा मानव तस्कर गरेको गम्भीर आरोप लागेपछि सूर्य कर्पोरेशन विवादमा फसेको थियो ।

त्यसो त विदेशमा हुने नेपाली अवार्डका कार्यक्रम विवादबाट मुक्त छैनन् । आयोजकले नेपाली कलाकार बनाएर सर्वसाधारणलाई विदेशमा लैजानका लागि कलाकारको खोल ओढेर अवार्ड वितरण गर्ने गरेको पहिलेदेखि कै मुद्दा हो । सूर्य कर्पोरेशन पनि यही आरोपमा मुछियो ।

हालै सम्पन्न भएको अवार्डमा यहाँबाट गएका कलाकार मात्र उपस्थित भएपछि नेपाली कलाकारको ‘स्तर’ र ‘स्टारडम’ मा प्रश्न उठेको छ । नेपाली कलाकारले दिनप्रतिदिन आफ्नो स्टारडम गुमाउँदै लगेका छन् । कलाकारमाथि पनि आरोप के छ भने, नेपाली कलाकारले ‘अवार्ड’ को लालचमा लागेर आफ्नो धरातल नै बिर्सेका छन् ।

जापानमा भएको अवार्ड प्रकरण पनि त्यसैको प्रतिनिधि ‘घटना’ मा हो । जापानमा रहेका नेपाली र त्यहाँ रहेका नेपाली पत्रकारले समेत ‘सूर्य इन्टरनेशनल अवार्ड २०१९’ लाई ठाडै अस्वीकार गरिदिए । हुन त मानव तस्करजस्तो गम्भीर आरोप लागेपछि अवार्ड हेर्न दर्शक आउने कुरा पनि भएन ।

यो अवार्ड कार्यक्रम पूर्ण रुपमा असफल देखिएको छ । नेपाली कलाकार नेपाली दर्शकमाझ पनि यसरी अलोकप्रिय बन्नु भनेको सामान्यजस्तो लागे पनि निकै ठूलो दुर्घटना हो । यसले दीर्घकालीन रुपमा नै कलाकारको अहित गर्ने फिल्म विश्लेषकहरुले बताउने गरेका छन् ।

अवार्ड र विदेश घुम्न पाउने लोभमा अवार्ड हात पार्न कलाकारले जुनसुकै मूल्य चुकाउने तर फिल्ममा भने अभिनय सुधार्न नखोज्ने नेपाली कलाकारको आशक्ति पनि बडो गज्जबको छ । त्यसो त केही कलाकारले ‘अवार्ड बहिष्कार’ नै गरिसकेका छन् । उनीहरुले अवार्ड बहिष्कार गर्नुको कारण पनि अवार्डमा हुने यस्तै भाँडभैलो नै हो ।

यत्रो काण्डपछि पनि कलाकारले आफ्नो धरातल बिर्सिएर अझै ‘सस्तो’ बने भने भोलिका दिनमा अवार्डप्रति दर्शक र फिल्मकर्मीको बचेखुचेको इज्जत पनि नरहने पक्का छ । भोलिका दिनमा अवार्डजस्तो सम्माननीय कार्यक्रमलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेमा सरोकारवालाले ध्यान दिनु नितान्त आवश्यक देखिएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  १० : ५४ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र