टीभीएसका दुई चर्चित बाइक नेपाल भित्र्याइँदै | Khabarhub Khabarhub

टीभीएसका दुई चर्चित बाइक नेपाल भित्र्याइँदै


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएसका मोटरसाइकलहरु एबीएससहित सार्वजनिक गर्ने तयारी गरेको छ ।

नेपाली बजारमा सर्वाधिक सफल मानिएको टीभीएस १६० र २०० को ४ भी भर्सन अब केही समय पश्चात् एबीएससहित  नेपाल ल्याउन लागेको हो ।

टीभीएसका यी दुई मोडल हाल बजारमा नन् एबीएस भर्सनमा बिक्री भइरहेको छ । यी मोटरसाइकल २०२० को सुरुवातमा सार्वजनिक गर्ने तयारी भइरहेको टीभीएसले जनाएको छ ।

भारतीय बजारमा अप्रिल २०१९ देखि १२५ सीसीभन्दा माथिका मोटरसाइकलमा एबीएस अनिवार्य गरे पश्चात् नेपाल आउने मोटरसाइकलहरु पनि एबीएस भर्सनमा आउन सुरु गरेका हुन् ।

एबीएससहितको मोटरसाइकलहरु हालको नन् एबीएस भर्सनभन्दा केही महंगो हुने छ । सुरक्षाको दृष्टिकोणले एबीएस भएका मोटरसाइकल सुरक्षित हुने गर्छन् ।

टीभीएसले हाल बिक्री गर्दै आएको आरआर ३१० एबीएस भर्सनमा रहेको छ भने, अपाचे आरटीआर १६०, १६० ४ भी, २०० ४ भी नन् एबीएस भर्सनमा रहेको छ ।

हाल अपाचे आरटीआर २०० ४ भीको मूल्य ३ लाख २४ हजार ९ सय रहेको छ भने, आरटीआर १६० ४ भी २ लाख ८९ हजार ९ सय रहेको छ । यी मोटरसाइकल एबीएस भर्सनमा आउँदा १० हजार मूल्य बढ्ने अनुमान गरेको छ ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ७ : ३२ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको