फुटसल प्रशिक्षक गुरुङलाई एक खेलको प्रतिबन्धसहित १ हजार जरिवाना | Khabarhub Khabarhub

फुटसल प्रशिक्षक गुरुङलाई एक खेलको प्रतिबन्धसहित १ हजार जरिवाना


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसियाली फुटबल महासंघ (एएफसी) ले नेपाली राष्ट्रिय फुटसल टोलीका प्रशिक्षक विष्ण गुरुङमाथि एक खेलमा प्रतिवन्धसहित १ हजार अमेरिकी डलर जरिवाना गरेको छ ।

एएफसी फुटसल च्याम्पियनसिपअन्तर्गत ताजिकिस्तान विरुद्धको खेलमा गुरुङले अनुशासन विपरित गतिविधी गरेको भन्दै रेफ्रिले कारवाही गरेका थिए । जसमा उनलाई अनुशासन कमिटीले एक खेलको प्रतिबन्धसहित १ हजार जरिवाना लगाइएको हो ।

उनको यो कारवाही जारी एएफसी फुटसल च्याम्पियनसिपमा लागू हुनेछ । २४ अक्टोबरमा भएको खेलमा गुरुङले गरेको व्यवहारका कारण कारवाही गरिएको हो ।

यसका साथै उनलाई एक हजार अमेरीकी डलर पनि जरिवाना लगाएको छ । एएफसीको इथिक्स कमिटीले आर्टिकल ४८.२ अन्तरगत रहेर जरिवाना लगाएको हो । गुरुङलाई लगाएको जरिवाना ३० दिनभित्र चुक्ता गरिसक्नसमेत निर्देशन दिएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ३ : ४३ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र