अफताब आलममाथि अनुसन्धान गर्न आठ दिन म्याद थप | Khabarhub Khabarhub

अफताब आलममाथि अनुसन्धान गर्न आठ दिन म्याद थप


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– बम बिस्फोटको घटनाका घाइतेलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा पक्राउ परेका सांसद एवम् पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई थप अनुसन्धानका लागि ८ दिनको म्याद थप गरिएको छ ।

जिल्ला अदालत रौतहटका न्यायाधीश केशवकुमार पाण्डेको इजलासले आलमलाई थप अनुसन्धानको शुक्रवार ८ दिनको म्याद थप गरेको हो । उनलाई म्याद थपेको यो तेस्रो पटक हो ।

घटना भएको १२ वर्षपछि २६ गते प्रहरीले आलमलाई रौतहटस्थित उनकै निवासबाट पक्राउ गरेको थियो ।

पहिलो संविधानसभा निर्वाचनको बेला २०६४ चैत २७ गते राजपुरस्थित पूर्वमन्त्री सेख इदृसको गोठमा बम बिस्फोट भएको थियो। सोही घटनामा आलमसहित ५ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ११ : ५७ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र