आज धनतेरस पर्व, यस्ता सामाग्री किन्दा हुन्छ धनलाभ | Khabarhub Khabarhub

आज धनतेरस पर्व, यस्ता सामाग्री किन्दा हुन्छ धनलाभ


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनतेरस पर्व कात्तिक कृष्ण त्रयोदशीमा मनाइन्छ । धार्मिक मान्यताका अनुसार समुद्र मन्थनका क्रममा अमृतको कलश लिएर दे.वताका वैद्य धन्वतरी प्रकट भएका थिए । स्वास्थ्य रक्षा र आरोग्यका लागि यो दिन धन्वतरी देवताको उपासना गर्ने गरिन्छ ।

यो दिनलाई कुबेरको दिनका रुपमा पनि मानिन्छ । र धन सम्पन्नताका लागि कुवेरको पूजा गर्ने गरिएको छ । यस दिन मानिसले मूल्यवान धातुका साथमा नयाँ भाँडा कुडा र गरगहना किन्ने गर्छन् । त्यहि भाडा तथा मूर्तिमा दीपावलीको पूजा गर्ने प्रचलन रहेको छ । आज हिन्दूधर्मावलम्वीले धनतेरस पर्व मनाउँछन् ।

धनतेरसमा के किन्ने ?

धातुका भाडा जसमा पानीको सामाग्री भए धेरै राम्रो

गणेश लक्ष्मीको मूर्ति

माटो वा फलामको दीयो ।

धन यन्त्र

आर्थिक लाभका लागि पानीका भाडा

कारोबारमा विस्तारका लागि धातुको दियो

सन्तान सम्बन्धी समस्याका लागि तामाको थाली

स्वास्थ्य तथा आयुका लागि घन्ट

घरमा सुख शान्ति र प्रेमका लागि खाना पकाउने भाडा

पूजा र सामान खरिदका लागि शुभ साइत

सामान किन्नका लागि सवा १२ बजेदेखि पौने दुई बजेको समय उपयुक्त छ ।
यस्तै सवा नौ बजेदेखि पौने ११ बजेको समय सामान किन्नका लागि राम्रो रहेको छ ।

यो समयमा पूजा अर्चाना गर्ने शुभ साइत पनि हो ।

विहान पौने ११ देखि सवा १२ का बीचमा सामान नकिन्नु उपयुक्त हुनेछ ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ९ : ५८ बजे

बेलायत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भन्दै ३४ लाख

काठमाडौं महानगरद्वारा दाङ र गुल्मीका दुई पालिकालाई राहत प्रदान

काठमाडौं । काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित दाङ र गुल्मीका दुई

कर्णाली नदीमा किशोरीको शव फेला

बाजुरा- कर्णाली नदीमा शनिबार दिउँसो एक महिलाको शव फेला परेको

आजका समाचार : संसदीय दलको बैठकदेखि क्रिकेटमा नेपाल विजयीसम्म

आगामी बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित

बोर्नमाउथमाथि आर्सनल ३-० ले विजयी

काठमाडौं– इङ्लिश प्रिमियर लिग अन्तर्गत आर्सनलले बोर्नमाउथमाथि शानदार जित हासिल