भारतको भन्दा नेपालको इन्टरनेट गति तिव्र | Khabarhub Khabarhub

भारतको भन्दा नेपालको इन्टरनेट गति तिव्र


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  इन्टरनेटको गतिमा नेपालले भारतलाई उछिनेको छ । डाटा स्पिड जाँच गर्ने उकला कम्पनीले मोबाइल इन्टरनेट गतिसँग सम्बन्धित जारी गरेको ‘स्पीडटेस्ट ग्लोबल इन्डेक्स’ रिपोर्ट सार्वजनिक गरेको छ । उक्त रिपोर्टअनुसार भारतको भन्दा नेपालको इन्टरनेटको गति बढी रहेको छ ।

इन्टरनेटको गति १०.७८ एमबीपीएसका साथ नेपाल विश्वमा १३०औँ स्थानमा रहेको छ । छिमेकी मुलुक भारत भने नेपालभन्दा पछाडि १३१औँ स्थानमा रहेको छ । भारतको इन्टरनेटको गति १०.६५ एमबीपीएस रहेको छ ।

यस्तै, भारतलाई पाकिस्तान र श्रीलंकाले पनि उछिनेको छ । श्रीलंकाको औसत इन्टरनेट गति २२.०४ एमबीपीएस रहेको छ भने पाकिस्तानको १३.०८ एमबीपीएस रहेको छ ।

श्रीलंका ८३औँ स्थानमा रहँदा पाकिस्तान ११८औँ स्थानमा रहेको छ ।

विश्वका १४५ देशमा गरिएको जाँचमा दक्षिण कोरियालाई सबैलाई उछिन्न पहिलो स्थानमा रहेको छ । दक्षिण कोरियाको इन्टरनेट गति औसत १११ एमबीपीएस रहेको छ ।

यसैबीच, विश्व शक्तिशाली देश अमेरिकासमेत टप टेनमा पर्न सकेन । अमेरिकाको इन्टरनेटको औसत गति ३६.२३ एमबीपीएस रहेको छ । र, ऊ ३५औँ स्थानमा छ ।

इन्टरनेट गतिको सूचीमा दक्षिण कोरियापछि दोस्रो स्थानमा अस्ट्रेलिया रहेको छ । उसको औसत इन्टरनेट गति ६६.४५ एमबीपीएस रहेको छ । यसैगरी, तेस्रो स्थानमा कतार, चौथो स्थानमा नर्वे र पाँचौँ स्थानमा यूएई रहेका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ६ : ४६ बजे

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि