तेलुगु फिल्मका चर्चित कमेडियन वेणु माधवको निधन | Khabarhub Khabarhub

तेलुगु फिल्मका चर्चित कमेडियन वेणु माधवको निधन


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – तेलुगु फिल्म उद्योगका लोकप्रिय हास्यकलाकार वेणु माधवको निधन भएको छ । उनको उपचारका क्रममा भारतको एक निजी अस्पतालमा ३९ वर्षको उमेरमा निधन भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनी लामो समयदेखि बिरामी थिए । अस्पताल भर्ना भएका माधवको बुधबार मध्यान्ह १२ः२० बजे निधन भएको हो ।

मिर्गौला र कलेजोमा समस्या देखिएपछि माधवलाई अस्पताल भर्ना गरिएको थियो । उनको स्वास्थ्य अवस्था नाजुक थियो ।

माधव बिरामी भएपछि फिल्म क्षेत्रबाट टाढा थिए । उनले तमिल र तेलुगु फिल्ममा अभिनय गरेका छन् । वेणुले मिमिक्री कलाकारका रुपमा आफ्नो करिअर शुरु गरेका थिए । पछि उनले फिल्म क्षेत्रमा कदम राखेका थिए ।

झण्डै २ सय फिल्ममा अभिनय गरेका माधवले पछिल्लो वर्ष राजनीतिमा पनि रुचि देखाएका थिए । उनी तेलुगु देशम पार्टीको चुनाव प्रचारमा पनि जुटेका थिए ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ५ : ०७ बजे

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी

नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य

बझाङमा कांग्रेसको अग्रता कायमै : एमाले २८४ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

बजेट नहुँदा एकीकृत मिलन बस्ती निर्माणमा ढिलाइ

गोरखा– भूकम्पपीडितलाई स्थानान्तरण गर्न निर्माण थालिएको गोरखाको भीमसेन थापा गाउँपालिका–५,