नेपाल समूहचरणबाटै बाहिरिएपछि प्रशिक्षक श्रेष्ठले दिए राजीनामा | Khabarhub Khabarhub

नेपाल समूहचरणबाटै बाहिरिएपछि प्रशिक्षक श्रेष्ठले दिए राजीनामा


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली युवा फुटबल टिमका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।

अघिल्ला दुई संस्करणको विजेता नेपाल काठमाडौंमा जारी साफ यू–१८ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएपछि त्यसको नैतिक जिम्मेवारी लिँदै प्रशिक्षक श्रेष्ठले पदबाट राजीनामा दिएका हुन् ।

श्रेष्ठले राजीनामा दिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुष्टि गरेको छ । उनी २०७५ सालमा एन्फा एकेडेमीको यू–१८ टिमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।

अघिल्ला दुई संस्करणको विजेता नेपाल घरेलु मैदानमा भएको प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।

मंगलबार हलचोकस्थित एपीएफ मैदानमा भएको समूह ‘ए’ को अन्तिम खेलमा भुटानले माल्दिभ्ससँग गोलरहित बराबरी खेलेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  १० : ०५ बजे

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार