त्रिनेत्रका अनाथ बालबालिकालाई ‘रातो टीका निधारमा’ को सहयोग | Khabarhub Khabarhub

त्रिनेत्रका अनाथ बालबालिकालाई ‘रातो टीका निधारमा’ को सहयोग


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘रातो टीका निधारमा’ टिमले राजधानीको गोंगबुस्थित त्रिनेत्र फाउडेन्सनलाई सहयोग गरेको छ । प्रायः सिनेमाको प्रचारमा भेटिने निर्माण टिम मंगलबार भने त्रिनेत्र फाउन्डेसनमा भेटिएको थियो ।

‘रातो टीका निधारमा’ टिमले त्यहाँ रहेका दृष्टिविहिन र अनाथ बालबालिकालाई नयाँ कपडा उपहार दियो । दशैँ नजिकिँदै गर्दा सहयोग पाउँदा अनाथ बालबालिका प्रफुल्ल देखिन्थे ।

सामाजिक सञ्जाल फेसबूकमा सक्रिय ग्रुप वुरूम्स रिलोटेडको सहकार्यमा ‘रातो टिका निधारमा’ले फाउन्डेसनलाई सहयोग गरेको थियो ।
साम्राज्ञीले आफू पहिलोपटक सामाजिक कार्यमा सहभागी हुन पाउँदा खुशी लागेको बताइन् । फाउन्डेस परिसर पुग्दा उनी भावुक देखिएकी थिइन् । उनले अहिलेसम्म यस्तो खाले सहयोग नगरेको र यसरी सहयोग गर्न पाउँदा खुशी मिलेको प्रतिक्रिया दिइन् ।

यस्तै निर्देशक अशोक शर्माले अनाथ र अशक्त बालबालिकालाई सहयोग गर्दा आफ्नो बाल्यकाल याद गरेको प्रतिक्रिया दिए । ‘दशैँ भन्न वितिकै नयाँ कपडा र मिठो खानाको लागि सम्झिन्छौँ । मेरो बाल्यकालमा नयाँ कपडा लगाउन दशैँ नै कुर्नुपर्थ्यो । अहिले आएर दशैँको मुखमा सानो सहयोग गर्न पाउँदा आफुलाई भाग्यमानी ठानेको छु,’ निर्देशक शर्माले भने ।

यता शर्माका छोरा तथा फिल्म ‘रातो टिका निधारमा’बाट डेब्यु गरेका कलाकार अंकित शर्माले यस्तो खालको सहयोग गर्दा खुशी मिल्ने बताए । ‘कुनै बेला कपडा लगाउन दशैँ कुर्ने मेरो बुबाले हामीलाई यस्तो अभाव हुन दिनुभएन, उहाँहरुलाई सहयोग गर्दा खुशी लाग्यो,’ अंकितले भने ।

अभिनेता रविन्द्र झा पनि त्यहाँ पुगेका थिए । उनले सानो सहयोगले पनि अरुको जीवनमा ठूलो खुशी ल्याउने प्रतिक्रिया दिए ।

किरण शर्मा र कृति शर्माले निर्माण गरेको ‘रातो टिका निधारमा’ले वैदेशिक रोजगारको कथा उठाएको छ । रोजगारका कारण दशैँमा घर फर्किन नसकेका नेपालीको कथा बोल्ने यो फिल्म असोज १० गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  १० : ३३ बजे

हुम्लामा स्वास्थ्य शिविरबाट ६ सय बढी लाभान्वित

हुम्ला– हुम्लाको दक्षिण भेगमा अवस्थित चङ्खेली गाउँपालिकामा सञ्चालन भएको स्वास्थ्य

कान्ति लोकपथ दैनिक तीन घण्टामात्रै खोलिने

ललितपुर – कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन