विशेष अदालतका तीन न्यायाधीशको काज सरुवा | Khabarhub Khabarhub

विशेष अदालतका तीन न्यायाधीशको काज सरुवा


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले विशेष अदालतमा कार्यरत तीन न्यायाधीशलाई काज सरुवा गरेका छन् ।

प्रधानन्यायाधीश राणाले आइतबार विशेष अदालतका न्यायाधीश चण्डिराज ढकाल, रत्नबहादुर बागचन्द र नारायाणप्रसाद पोखरेललाई काज सरुवा गरेका हुन् ।

न्यायाधीशद्वय ढकाल र बागचन्दलाई सुर्खेत उच्च अदालतको जुम्ला इजलासमा सरुवा गरिएको छ भने भने न्यायाधीश पोखरेललाई राजविराज उच्च अदालतमा सरुवा गरिएको छ ।
कुनै पनि विशिष्टकृत अदालतमा प्रत्येक दुई वर्ष काम गरेका न्यायाधीशलाई अवधि पुगेको भनी सरुवा गर्ने प्रावधान छ । सो अवधिभन्दा बढी मुद्दा हेर्दा विकृति आउन सक्ने हुँदा सरुवा गर्नुपर्ने व्यवस्था छ । सोही प्रावधानअनुसार काज सरुवा गरिएको न्याय परिषद्ले जनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ९ : ४१ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र