शेयर बजारमा सामान्य सुधार | Khabarhub Khabarhub

शेयर बजारमा सामान्य सुधार


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शेयर बजारमा मंगलबार भने सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७.४१ बिन्दुले बढेर एक हजार १०९.७३ बिन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५९ बिन्दुले बढेर २३५.७८ बिन्दुमा पुगेको छ । कूल १६६ कम्पनीको सात लाख २० हजार ८४५ कित्ता शेयर रु २० करोड ३८ लाख ३९ हजार ८६४ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका दश उपसमूहमध्ये आज वित्त क्षेत्रको मात्रै शेयर ओरालो लागेको छ । सो उपसमूह ०.६५ बिन्दुले घट्दा बैंकिङ ४.०७, होटल १.५२, विकास बैंक २.२७, जलविद्युत् ५.१३, निर्जीवन बीमा ७२.१७, उत्पादन २०.३७, अन्य १०.५८, लघुवित्त १०.५१, जीवन बीमा ६०.०२ बिन्दुले बढेको छ ।

बढेको बजारमा आँखुखोला जलविद्युत् कम्पनीका शेयरधनीले ६.४९ प्रतिशत कमाएका छन् । यस्तै पु्रडेन्सियल इस्योरेन्स कम्पनी ५.८६, नेको इन्स्योरेन्स कम्पनी, हिमालयन डिस्ट्रिलरीका शेयरधनीले ३.७७ प्रतिशत कमाएका छन् । यस्तै सहयोगी विकास बैंकका शेयरधनीले ८.८८ प्रतिशत, ग्लोबल आइएमइ समुन्नति स्किम एक ५.६२, नेशनल हाइड्रोपावर कम्पनी ३.२२, मिथिला लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.१३ प्रतिशतले गुमाएका छन् ।

कारोवारका आधारमा आज नबिल बैंकको रु दुई करोड ५० लाख ७१ हजार २६९, नबिल बैंकको संस्थापक शेयर रु एक करोड ४० लाख १२ हजार ६४३, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेड रु ७८ लाख ८६ हजार ५४२, एशियन लाइफ इन्स्योरेन्स कम्पनीको रु ६८ लाख ६८ हजार ८८३ मूल्यमा खरीद बिक्री भएका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ५ : ४१ बजे

खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग

खोटाङ– हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारलाई सहयोगस्वरुप एक लाख ७६

क्रिस्टल प्यालेससँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

काठमाडौं– इङलिश प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडमाथि शानदार

आइपिएलमा आज दिल्ली र राजस्थान भिड्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।