सूचना प्रविधि विधेयक अभिव्यक्ति स्वतन्त्रताविरोधी-कांग्रेस | Khabarhub Khabarhub

सूचना प्रविधि विधेयक अभिव्यक्ति स्वतन्त्रताविरोधी-कांग्रेस


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले संसदमा दर्ता गरेको सुचना तथा प्रविधिसम्बन्धमा व्यवस्था गर्न विधेयकले सुचना प्रविधि क्षेत्रलाई नियमन गर्ने नाममा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजेको निष्कर्ष निकालेको छ ।

कांग्रेसको जारी केन्द्रीय समिति बैठकले संविधानलेसमेत प्रत्याभुत गरेको अभिव्यक्ति स्वतन्त्रताको कुण्ठित गर्नेगरी सूचना प्रविधि विधेयकमा व्यवस्था राखिएको भन्दै कांग्रेसले सच्याउन माग गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तीमा सामाजिक सञ्जालका कतिपय बेथीति नियन्त्रण गर्न सरकारले सतर्कता राख्नु स्वभाविकै भएपनि सामाजिक सञ्जाललाई क्रमशः बन्द लगाउनेगरी सरकारले ल्याएको विधेयकको समर्थन गर्नै नसक्ने बताएको छ ।

कांग्रेसले फौजदारी संहितामा राखिएका केही व्यवस्थाले प्रेसको स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान सञ्चाउनुपर्ने आफ्नो एजेण्डा यथावत् रहेको भन्दै संहितामा रहेको प्रेस स्वतन्त्रतासम्बन्धी केही दफा संसोधन गर्न समेत आह्वान गरेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  १ : २४ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर