महिनावारीमाथि बनेको डकुमेन्ट्री, जसले जित्यो ओस्कर अवार्ड | Khabarhub Khabarhub

महिनावारीमाथि बनेको डकुमेन्ट्री, जसले जित्यो ओस्कर अवार्ड


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

‘महिनावारी’, ‘रजश्वला’ या ‘मासिक धर्म’, एकै अर्थ लाग्ने यी शब्दको उच्चारण नेपाली समाजमा त्यति सहज छैन । सामान्य अर्थमा महिलाको गर्भाशयको भित्री अस्तर र उत्तक योनीबाट निष्काशन हुने प्राकृतिक प्रक्रिया हो, महिनावारी ।

तर, नेपाली समाजले ‘महिनावारी’लाई अहिलेसम्म ‘सामान्य प्रक्रियाका’ रुपमा बुझ्न सकेको छैन । ‘छाउपडी’का रुपमा बुझ्ने कुसंस्कारका कारण महिनावारी भएका बेला धेरै नेपाली महिलाले अहिले पनि अकालमा ज्यान गुमाइरहेका छन् ।

नेपालमा जस्तै भारतमा पनि महिनावारीलाई एक ‘समस्या’का रुपमा लिइने विषयमाथि बनाइएको एक डकुमेन्ट्रीले ओस्कर अवार्ड जितेको छ । ‘पिरियड. इन्ड अफ सेन्टेन्स’ नामक डकुमेन्ट्रीले ओस्करको ९१ औं एकेडेमी अवार्ड्समा ‘बेस्ट डकुमेन्ट्री’को अवार्ड हात पारेको हो ।

यो डकुमेन्ट्री भारतको उत्तर प्रदेशको हापुडमा बस्ने एक युवतीको जीवनमा आधारित भएर बनाइएको छ । डकुमेन्ट्रीमा महिनावारीलाई लिएर समाजमा (खासगरी) महिलामा व्याप्त भय र शरमको विषयलाई उठाइएको छ । साथै महिनावारीजस्तो विशेष अवस्थालाई समाजले हेर्ने दृष्टिकोणलाई पनि डकुमेन्ट्रीमा उठाइएको छ ।

डकुमेन्ट्रीको पाेस्टर

२५ मिनेटको यो डकुमेन्ट्रीमा ‘पात्र’का अलावा कार्यकारी निर्माताको रुपमा पनि एक भारतीय महिला गुनीत मोङ्गा पनि जोडिएकी छन् । डकुमेन्ट्रीको निर्देशन रायका जहताबचीले गरेकी हुन् ।

यो डकुमेन्ट्रीमा अमेरिकाको क्यालिफोर्नियास्थित ओकवुड स्कूलका १२ जना विद्यार्थी र अंग्रेजी शिक्षिका मेलिसा बर्टनको मुख्य योगदान छ । मेलिसा बर्टनले डकुमेन्ट्रीमा निर्देशककाे भूमिका पनि निर्वाह गरेकी छन् ।

अकुड स्कूलका विद्यार्थीले एक लेखमार्फत भारतका गाउँहरुमा महिनावारीलाई शर्मको विषयका रुपमा लिइने भनेर थाहा पाएका थिए । त्यसपछि विद्यार्थीहरुले चन्दा संकलन गरेर एनजिओमार्फत भारतमा सेनिटरी प्याड वितरण गरे । त्यसपछि मात्रै जनचेतना विकास गर्न डकुमेन्ट्री बनाउने योजना बनेको थियो ।

डकुमेन्ट्रीको शुरुवातमा गाउँले युवतीहरुलाई महिनावारीका विषयमा केही प्रश्न सोधिन्छ । महिनावारीबारे प्रश्न सोध्दा उनीहरु शर्माउँछन् । त्यसपछि उक्त प्रश्न केही युवा (केटा)हरुलाई सोधिन्छ । एक जनाले ‘पिरियड’लाई स्कूलमा घन्टी बजाएपछि आउने ‘समय’को रुपमा बुझेको बताउँछन् । अर्का युवक भन्छन्, यो त महिलाहरुलाई हुने एक बिमारी हो !

डकुमेन्ट्रीमा डापुडकी स्नेहाको विशेष भूमिका छ । उनी प्रहरी बन्न चाहन्छिन् । महिनावारीको विषयमा स्नेहाको छुट्टै सोच छ । उनी भन्छिन्, ‘जब दूर्गालाई देवी भनिन्छ भने, महिलालाई मन्दिरमा जान किन रोकिन्छ ?’

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  १ : ३१ बजे

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार

रास्वपाका मिलनको जमानत जफत, कटाउन सकेनन् १० प्रतिशत मत

इलाम – इलाम २ को शनिबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)