स्वार्थका लागि श्रमिकको भविष्यमाथि राजनीति नगरौं : मन्त्री विष्ट | Khabarhub Khabarhub

स्वार्थका लागि श्रमिकको भविष्यमाथि राजनीति नगरौं : मन्त्री विष्ट


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले सरकारले गत वर्षदेखि सञ्चालनमा ल्याएको योजदानमा आधारित सामाजिक सुरक्षा कोष श्रमिक र रोजगारदाता दुवैका लागि फलदायी भएको बताएका छन् ।

राजधानीमा सामाजिक सुरक्षा कोषसम्बन्धी नेपाल होटल व्यवसायी संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री विष्टले कोषमा सूचीकरण हुन सबै होटल व्यवसायीलाई आह्वान गरे ।

सरकारले व्यवयासी, व्यवसाय र श्रमिकको सुरक्षासँग उनीहरुको हितका लागि नै योगदानमा आधारित कार्यक्रम ल्याएको मन्त्री विष्टले बताए । ‘ढुक्क भएर कोषको स्किममा आउनुहोस् । तपाईंहरुलाई नै भविष्यमा सहज हुन्छ । कोषमा सूचीकरण भएपछि श्रमिकको सम्पुर्ण जिम्मेवारी सरकारले लिन्छ । किन चिन्ता गर्नुहुन्छ ।’ मन्त्रीले भने, ‘स्वार्थका लागि श्रमिकको भविष्यमाथि राजनीति नगरौं । श्रमिकको सुरक्षामा ध्यान दिए व्यवसाय पनि राम्रो चल्छ ।’

होटल व्यवसायलाई सरकारले सुविधाबाट बञ्चित गरेको नेपाल होटल व्यवसायी संघकी अध्यक्ष सिर्जना रानाले बताइन् । मझौला, साना तथा तारे होटलले धेरै रोजगारीका अवसर सिर्जना गरेको उनको भनाइ थियो । होटल व्यवसायी पयर्टन प्रवर्द्धन गर्ने माध्यम भएकाले सरकारले यो व्यवसायको व्यवस्थापन गर्नु पर्ने माग गरिन् ।

होटल व्यवसायीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा जान समस्या नभएको धारण पनि उनले राखिन् ।

हाल प्रक्रिया नबुझेर धेरै व्यवसायी कोषमा सूचिकरण हुन नआएको कोषको बुझाइ छ । हाल ४४ हजार रोजगारदाता र ३५ हजारभन्दा धेरै श्रमिक कोषमा सूचीकारण हुन आएको सामाजिक सुरक्षा कोषले जानकारी दिएको छ ।

कोषले रोजगारदाता कम्पनीमै गएर सूचीकरण गराउने योजना अघि सारेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ५ : ३२ बजे

प्रधानमन्त्रीको टिप्पणी- जसपा फुटाउन मेरो कुनै भूमिका छैन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपा फुटाउनुमा आफ्नो कुनै भूमिका

लामो समयपछि वर्षा हुदाँ किसानलाई राहत

पर्वत– साढे सात महिना लामो अवधिपछि वर्षा भएपछि पर्वतका किसानलाई

गोरखाका महिलालाई नौमती बाजा बजाउने तालिम

गोरखा– पालुङटार नगरपालिकाले महिलालाई नौमती पञ्जेबाजा बजाउने तालिम दिन सुरु

अर्थमन्त्रीले भने : ‘निजी क्षेत्रलाई तर्साउँदिन, निरुत्साहित गर्दिनँ’

काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले सरकारी निकायबाट निजी क्षेत्रलाई निरुत्साहित

बिदा लिएर निजी अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीलाई थालियो कारबाही

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी एवम् कर्मचारीलाई