समाचार प्रभाव: कान्तिले ३ दिनभित्रै मर्मत गर्‍यो पानी चुहिएको भवन | Khabarhub Khabarhub

समाचार प्रभाव: कान्तिले ३ दिनभित्रै मर्मत गर्‍यो पानी चुहिएको भवन


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कान्ति बाल अस्पताल भित्र पानी चुहिने सिलिङको एक महिनापछि मर्मत भएको छ । अस्पतालको मेडिकल वार्डतर्फ जाने बाटोमा एकमहिना अघिदेखि पानी चुहिन्थ्यो ।

अस्पतालको प्रयोगजनका लागि जडान गरिएको पानीको पाइप सिलिङ भित्रै फुटेर पानी चुहिने भएपनि अस्पतालले एक महिनासम्म मर्मत गरेको थिएन ।

एकमहिनासम्म मेडिकल वार्डमा जाने बाटोमा पानी चुहिदा पनि अस्पतालले नबनाएपछि खबरहबले सो विषयमा समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएपछि कान्ति अस्पतालले पानी चुहिएको ठाउँ ३ दिनभित्रै मर्मत गरेको छ ।

‘ढलानभित्रै पानीको पाइप फुटेर पानी चुहिएको थियो,’ अस्पतालका निर्देशक आरपी विच्छाले भने, ‘तीन दिनलगाएर छतबाट ढलान नै फुटाएर पाइन मर्मत गरी चर्किएको भाग पनि बनाइसकेका छौं । अब बिरामीलाई त्यहा जोखिम छैन ।’

यसअघि एक महिनासम्म मेडिकल वार्डतर्फ जाने बाटोमा पानी चुहिदा मेडिकल वार्डमा आवतजावत गर्ने बिरामी बालबालिका, बिरामी कुरुवा र चिकित्सकहरु समस्यामा परेका थिए । एक महिनासम्म सिलिङबाट पानी चुहिदा भवनको सिलिङ नै चर्किएको थियो ।

यो पनि पढ्नुस्

कान्तिको कन्तबिजोग– बाहिर घाम लाग्दा अस्पताल भित्र पानीको वर्षा !

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  १ : ३८ बजे

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार