रवि आज छुट्ने सम्भावना कम ! | Khabarhub Khabarhub

रवि आज छुट्ने सम्भावना कम !


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा चितवन प्रहरीको हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई अदालत लगिएको छ ।

अदालत लगिएसँगै उनीहरु विरुद्ध अभियोगत पत्र दर्ताको तयारी शुरु गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले सम्भवतः आइतबार नै रविसहित ३ जनाविरुद्ध अभियोग पत्र दायर हुने जनाएको छ । जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधीवक्ता यदुनाथ शर्माले अहिले फाइल अध्ययन गर्ने काम भइरहेको र आज (आइतबार) नै अभियोग पत्र दर्ता गर्ने तयारी भएको जानकारी दिए ।

‘अहिले प्रहरीले गरेको अनुसन्धान, घटनासँगसम्बन्धित प्रमाणसहितको फाइल अध्ययन गरेर एकीकृत गर्ने काम भइरहेको छ,’ जिल्ला न्यायाधीशवक्ता शर्माले खबरहबसँग भने, ‘अध्ययनको काम सकिएपछि आज नै अभियोग पत्र दर्ता हुन्छ । आज नै दर्ता गर्नेगरी काम गरिरहेका छौं ।’

अबको प्रक्रिया के हुन्छ ?

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा टेलिभिजन कार्यक्रम प्रस्तोता रविका अतिरिक्त न्यूज २४ टेलिभिजनमा कार्यरत युवराज कँडेल र नर्स रुकु भनिने अस्मिता कार्की पनि प्रहरी हिरासतमा छन् ।

प्रहरीले गत बिहीबार तीनै जनालाई काठमाडौंबाट पक्राउ गरी दोस्रो दिन (शुक्रबार) अदालतमा उपस्थित गराएको थियो ।

३ जनाविरुद्ध अनुसन्धान गर्न चितवन जिल्ला अदालतले ५–५ दिन गरी २ पटक १० दिनका लागि म्याद थप गरेको थियो । तीन जनाविरुद्ध थपिएको १० दिनको म्याद पूरा भएपछि आइतबार प्रहरीले उनीहरुलाई जिल्ला अदालतमा उपस्थित गराउने छ ।

प्रहरीले थप अनुसन्धान आवश्यक भए पुनः म्याद थपका लागि अदालतसमक्ष अनुरोध गर्न सक्छ । अदालतले आवश्यक देखेको खण्डमा पुनः म्याद थप गर्न पनि सक्छ ।

यद्यपि, जिल्ला सरकारी वकिलको कार्यालयले अभियोग पत्र दायर गर्ने तयारी गरिरहेकाले पुनः म्याद थप हुने संभावना भने कम रहेको कानूनविद्हरु बताउँछन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोग पत्र दर्ता भएमा जिल्ला अदालत चितवनले तीनैजना प्रतिवादी (रवि, युवराज र अस्मिता)को बयान लिन शुरु गर्नेछ ।

तीनै जनाको अदालती बयान सकिएपछि थुनछेक बहस शुरु हुन्छ । थुनछेक बहस सकिएपछि अदालतले तीनैजनाको सन्दर्भमा आदेश जारी गर्न सक्छ ।

अदालतले यस्तो आदेश जारी नगरुन्जेलसम्म भने रविसहितका तीनैजना प्रहरीको ‘न्यायिक हिरासत’मा रहनेछन् । आजै थुकछेक बहस सकिएर आदेश जारी हुने सम्भावना नभएको खण्डमा उनीहरु न्यायिक हिरासतमा रहनेछन् ।

थुनछेक बहसमा रविलगायत ३ जनाको पक्षमा बहस गर्ने वकिलहरुले आफ्नो दलिल पेश गर्नेछन् भने सरकारका तर्फबाट सरकारी वकिलले बहस गर्नेछन् । मृतक पत्रकार पुडासैनीका परिवारका तर्फबाट पनि बहस गर्ने अधिवक्ताहरु हुनसक्छन् ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  १२ : २६ बजे

माई नगरको वडा नम्बर ६ मा मुढालाई पहिलो मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई नगरपालिका

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

गण्डकी– गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको

भोजपुरको आमचोकमा जिप दुर्घटना, एक जनाको मृत्यु

भोजपुरको आमचोक गाउँपालिका एउटा यात्रुवाहक जिप दुर्घटना हुँदा कम्तीमा पनि

माङसेबुङमा मुढा पहिलो, एमाले दोस्रो

इलाम– किरात धर्मावलम्बीहरुको पवित्र स्थल रहेको माङसेबुङ गाउँपालिकाको मतगणना सकिएको

बझाङ अपडेट : एमाले १०३६३, कांग्रेस–१०३५४, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा शनिबार भएको उपनिर्वाचनको मतगणना जारी