रिलिज अगावै ‘साहो’ले तोड्यो ‘बाहुबली–२’ को रेकर्ड ! | Khabarhub Khabarhub

रिलिज अगावै ‘साहो’ले तोड्यो ‘बाहुबली–२’ को रेकर्ड !


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बाहुबलीबाट एकाएक चर्चामा आएका प्रभासको अभिनय रहेको नयाँ चलचित्र ‘साहो’को चर्चा चुलिएको छ ।

प्रदर्शनको मिति नजिकिँदै जाँदा मल्टिस्टारर फिल्मलाई लिएर दर्शकहरुमा निकै उल्लास छाएको छ । यो फिल्म हिन्दी, तमिल र मलयालम गरी तीन भाषामा एकैसाथ रिलिज हुनेछ ।

‘साहो’लाई नर्थ इन्डियामा ४५०० वटा स्क्रिनमा रिलिज गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय मिडियाका अनुसार ‘साहो’ तामिलनाडुमा करिब ५५० वटा स्क्रिनमा रिलिज हुनेछ । यो भन्दा पहिले ‘बाहुबली–२’ राज्यका ५२५ वटा मात्रै स्क्रिनमा रिलिज भएको थियो ।

यसैबीच, ‘साहो’ को तेलुगू थियेट्रिकल राइट्स १२५ करोड भारतीय रुपियाँमा बिक्रि भएको छ । यसले पनि ‘बाहुबली–२’ को रेकर्ड तोड्न सफल भएको छ । राजामौलीको फिल्म ‘बाहुबली–२’ तेलुगू राइट्स १२२ करोड भारतीय रुपियाँमा विक्री भएको थियो ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  १० : ०५ बजे

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १६१ रनको लक्ष्य

काठमाडौं -वेस्ट इन्डिज ए ले नेपाललाई १६१ रनको लक्ष्य दिएको

शंखमूलमा भएको आगलागी नियन्त्रणमा 

काठमाडौं– काठमाडौंको शंखमुलमा भएको आगलागी नियन्त्रणमा आएको छ । शंखमुलस्थित

लगानी सम्मेलन : भारत र मलेसियाका निजी क्षेत्रसँग दुई सम्झौतामा हस्ताक्षर

काठमाडौं- काठमाडौंमा आइतबार सुरु भएको तेस्रो लगानी सम्मेलनमा निजी क्षेत्रबीच

शंखमूलमा ग्यास सिलिन्डर पड्किएर आगलागी

काठमाडौं- काठमाडौंको शंखमुलस्थित एक पसलमा आगलागी भएको छ । शंखमुलस्थित

महोत्तरीका आगलागी पीडितहरूलाई राहत वितरण

महोत्तरी– महोत्तरी जिल्ला मटिहानी नगरपालिका-६ जरलहवा गाँउ बस्तीमा आगलागीबाट प्रभावित