ओमनमा खुल्दै रोजगारी, सम्झौताको तयारीमा सरकार | Khabarhub Khabarhub

ओमनमा खुल्दै रोजगारी, सम्झौताको तयारीमा सरकार


११ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले ओमनसँग नयाँ श्रम सम्झौताको तयारी थालेको छ । सम्झौता तथा समझदारीमा सहमति जुटाउन सरकारी टोली शनिबार त्यसतर्फ जाँदैछ ।

टोलीले आइतबार र सोमबार ओमनसँग छलफल गर्नेछ । छलफलका क्रममा यसअघि ओमनले करिब तीन महिनाअघि पठाएको एमओयुको मस्यौदामा नेपालले तयार गरेको प्रस्ताव पेश गरिने जनाइएको छ । टोलीका संयोजक एवम् श्रम मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले भन्नुभयो, ‘श्रम सम्झौताका लागि पहिलो जोड रहने र त्यो सम्भव नभए श्रमिकहरुलाई व्ययभार र ठगीमा नपर्ने गरी एमओयूका लागि वार्ता हुन्छ ।’

सहमति कायम भएको खण्डमा निकट भविष्यमै श्रम सम्झौता तथा समझदारीमा हस्ताक्षर हुने मन्त्रालयले जनाएको छ । ओमनपछि यसअघिको सम्झौता नवीकरणका लागि टोली मंगलबार युएई जानेछ । समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।

प्रकाशित मिति : ११ माघ २०७५, शुक्रबार  ८ : ५८ बजे

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव