पुर्टो रिकोका गर्भनरले दिए राजीनामा | Khabarhub Khabarhub

पुर्टो रिकोका गर्भनरले दिए राजीनामा


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सान हुआन– अमेरिकी प्रशासनमा रहेको पुर्टो रिको टापुका गभर्नर रिकार्डो रोजेलोले राजीनामा दिएका छन् ।

उनको निकै रंगभेदी तथा लिंगभेदी सन्देश सार्वजनिक भएपछि उनलाई राजीनामा दिन दबाब थियो । ती सन्देशकै कारण उनीविरुद्ध सोमबार दशौं हजारले प्रदर्शन गरेका थिए ।

उनले बुधबार अबेर भिडियो सन्देश जारी गर्दै राजीनामाको घोषणा गरेका हुन् । भिडियो सन्देशमा उनले राजनीतिक संक्रमणका लागि आगामी अगष्ट २ सम्म आफ्नो जिम्मेवारीमा रहने समेत उल्लेख गरेका छन् ।

गत जुलाई १२ मा सार्वजनिक भएको उनी र उनका ११ साथीहरुले लेखेको लिंगभेदी तथा रंगभेदी सामूहिक सन्देशका कारण चर्को आलोचना र विरोध भएपछि उनलाई राजीनामा दिन दबाब रहेको थियो ।

उनले आफ्ना साथीहरुलाई पठाएको सन्देशमा ४ हजार भन्दा धेरै मानिसहरु मारिएको सन् २०१७ को मारिया नामक आँधीका पीडितहरु प्रति व्यंग्य गरिएको थियो । त्यसबाहेक उक्त सन्देशमा न्यूयोर्क शहर परिषद्की पूर्व प्रवक्ता प्रति निकृष्ट शब्दमा टिप्पणी गरिएको थियो ।

गत आइतबारमात्र उनले आफूविरुद्धको आलोचनालाई साम्य पार्नका लागि आगामी निर्वाचनमा उम्मेद्वारी नदिने घोषणा गरेका थिए । उनले आइतबार आफूले राजीनामा भने नदिने जनाएका थिए ।

उनको स्थानमा त्यहाँकी न्यायमन्त्री वाण्डा भाजकेजले गभर्नरको जिम्मेवारी सम्हाल्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ८ : २८ बजे

झापामा हात्तीपाइले विरुद्धको औषधी खाएकी एक वृद्धाको मृत्यु

झापा-  झापामा हात्तीपाइले रोग विरुद्धको औषधी खाएपछि एक जना वृद्धाको

चीनमा पाँच लाख बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न

बेइजिङ– चीनमा सन् २०२३ मा सहरी क्षेत्रमा एक लाख ५२

व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी

अत्तरिया– कैलालीमा व्यावसायिक तरकारी खेतीमा किसानले जोड दिन थालेका छन्

प्रधानमन्त्रीको दाबी : यो सरकारले देश र जनताको हितमा ऐतिहासिक काम गरेको छ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा सरकारले

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको