प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको विनियोजन विधेयक पारित | Khabarhub Khabarhub

प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको विनियोजन विधेयक पारित


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले संसदमा पेश गरेको आगामी आर्थिक वर्षको विनियोजन विधेयक बहुमतले पारित भएको छ ।

गत जेठ १५ गते संघीय संसदको संयुक्त सदनमा पेश गरेको बजेटमाथिको मन्त्रालयगत छलफल सकिएसँगै प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित भएको हो ।

संसदको आजको बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले विनियोजन विधेयक पारित गर्न राखेको प्रस्ताव बहुमतले पारित भएको हो । आगामी आर्थिक वर्षका लागि सरकारले १५ खर्ब ३२ अर्बको बजेट संसदमा पेश गरेका थिए । आगामी आर्थिक वर्षका लागि सरकारले साधारण खर्चचर्फ ९ खर्ब ५७ अर्ब , पुँजीगत खर्चतर्फ ४ खर्ब ८ अर्ब र वित्तीय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब विनियोजन गरिएको छ ।

९ खर्बको ८१ अर्बको राजश्व संकलन गर्ने लक्ष्य लिएको सरकारले वैदेशिक ऋण करिब ३ खर्ब र ५७ अर्ब वैदेशिक अनुदान र १ खर्बभन्दा बढि रकम आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ ।

त्यसअघि प्रतिपक्षी दलका सांसदहरुले विभिन्न मन्त्रालयहरुमा राखेको खर्च कटौतीको प्रस्ताव बहमुतले अस्विकृत भएको थियो । विनियोजन विधेयक पारित भएसँगै सरकारले राष्ट्र ऋण उठाउने विधेयक संसदमा पेश गरेको छ ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ४ : १३ बजे

जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

झापा– १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको बुद्धशान्ति

हराएका २४ मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण

काठमाडौं– विभिन्न मितिमा हराएका २४ दुईपाङ्ग्रे सवारी साधन खोजी गरी

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको चौथो खेलमा नेपाललाई जितका

‘कसम, राम्रो छ- मनसरा ?’

काठमाडौं– झुटो बोल्यो कि साँचो भनेर पत्ता लगाउन हाम्रो सामाजमा

चीनमा सडक दुर्घटना : उद्धार र सुरक्षा सुधार गर्न राष्ट्रपति सिको निर्देशन

बेइजिङ– चिनियाँ राष्ट्रपति सि जिनपिङले दक्षिणी चीनको गुआङडोङ प्रान्तमा एक्सप्रेसवे