ज्योतिले हङकङमा मच्चाउने भइन् हलचल ! | Khabarhub Khabarhub

ज्योतिले हङकङमा मच्चाउने भइन् हलचल !


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हरेक प्रस्तुतीमा पहिरनकै कारण चर्चा बटुल्दै आएकी चर्चित तथा हट लोक गायिका ज्योति मगरले हङकङमा हलचल मच्चाउने भएकी छिन् ।

आउँदो असार २८ गते शनिबार (१३ जुलाई) मा उनले हङकङमा विशेष सांगीतिक प्रस्तुती पस्किने भएकी हुन् । उनले ब्लु ओसियन रेस्टुरेन्टको हलमा बिशेष सांगीतिक कार्यक्रम ‘ज्योति म्युजिकल नाइट २०१९’ आयोजना गरिँदैछ । उक्त कार्यक्रममा उलने सांगीतिक प्रस्तुती दिनेछिन् ।

काठमाडौँको जोरपाटीस्थित बालबालिका महिला तथा शिक्षा सहयोगी फाउण्डेशन नेपालको सहयोगार्थ यो कार्यक्रम हुन लागेको आयोजकले जनाएको छ । ज्योतिको यो चौथो पटक हङकङमा सांगीतिक कार्यक्रम हुन लागकेो हो ।

कार्यक्रममा हङकङकै स्थानीय कलाकार हर्षित आले मगर, राज तामाङको गायन तथा चर्चित डान्सर सुष्मिता शाहीको समेत प्रस्तुति रहनेछ । कार्यक्रमहरुको संयोजन बुलेटहाङ्ग तिगेलाको ‘ब्ल्याग पिग इन्टरटेनमेन्ट’को आयोजनामा कार्यक्रम हुन लागेको हो ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  १० : ४० बजे

सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउन सरकार दृढ छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको

आईपीएल : आज सनराइजर्स र राजस्थान भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदरावाद र

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । बैठक अपराह्न ४

विश्वकपको टिम घोषणा र एसियाली सम्भावना

गएका वर्षमा सनसनी फैलाएका शुभमन गिललाई वैकल्पिक खेलाडीमा सीमित गर्दै

धादिङको थाक्रेमा आगलागीबाट वृद्ध दम्पतीको मृत्यु

धादिङ– धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोलामा एक घरमा आगलागी हुँदा