झापामा बम र प्युठानमा शंकास्पकद बस्तु फेला | Khabarhub Khabarhub

झापामा बम र प्युठानमा शंकास्पकद बस्तु फेला


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेत्र विक्रम चन्द विप्लवसमूहले बन्द आह्वान गरेकै दिन आज (मंगलबार) विभिन्न स्थानमा बम तथा शंकास्पद बस्तु फेला परेको छ । शंकास्पद बस्तु बम हुन सक्ने भन्दै स्थानीयबासी त्रसित भएका छन् ।

आज बिहान झापाको कन्काई पुलमा बम फेला परेको छ । बमलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

यसैबीच प्यूठान नगरपालिका-४ जुम्री बसपार्कमा शंकास्पद वस्तु फेला परेको छ । होटल डाइमन्ड अगाडि ग्रिनेड आकारको वस्तु फेला परेका प्रहरीले जनाएको छ । शंकास्पद वस्तुलाई पत्रिकाले बेरिएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीका अनुसार शंकास्पद वस्तुमा घडी पनि राखिएको छ । शंकास्पद बस्तुलाई डिस्पोज गर्ने तयारी गरेको बुढाथोकीले बताए ।

नेकपा विप्लवले आह्वान गरेको नेपाल बन्दको कारण प्यूठान जिल्ला पूर्ण रूपमा प्रभावित भएको छ । बजार, शिक्षण संस्था, कलकारखाना सबै बन्द रहेका छन् ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ९ : ११ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड