विद्यार्थी यार्सा टिप्न गए सेवा सुविधा रोकिने | Khabarhub Khabarhub

विद्यार्थी यार्सा टिप्न गए सेवा सुविधा रोकिने


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– यार्सागुम्बा टिप्ने याम शुरु भएपछि जुम्लाका बालबालिकालाई पाटनतिर लैजाने क्रम रोक्नाका लागि जुम्लाको पातारासी गाउँपालिकाले शैक्षिक अभियान शुरु गरेको छ ।

बालबालिकालाई विद्यालय नछाड्न उक्त गाउँपालिकाले विद्यालयमै पुगेर यार्सा टिप्न भन्दा शैक्षिक भविष्य सुनिश्चित गर्नाका लागि अभिभावकलाई आग्रहसमेत गरेको हो ।

गाउँपालिकाले तल्फीस्थित सरस्वती मावि, लोठचौरस्थित मालिका मावि, डिल्लीचौरस्थित ऋणमोक्ष माविलगायतमा जनचेतनामूलक नाटकसहित शैक्षिक अभियान सञ्चालन गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिए ।

उनका अनुसार हरेक वर्ष बालबालिका विद्यालय छोडेर यार्सा टिप्न जाने गरेकाले यस वर्ष सो कार्य रोक्न विभिन्न प्रयास गरिएको हो ।विद्यार्थीलाई प्रोत्साहित गर्नाका साथै लामो समयसम्म विद्यालय अनियमित हुनेको हकमा सेवा सुविधा रोक्ने चेतावनीसमेत दिइएको छ ।

गाउँपालिका अध्यक्ष लक्षिमन बोहराले शिक्षाको गुणस्तर बढाउन स्थानीय सरकार लागिपरेको र यसमा अभिभावकले सहयोग गरे सम्भव पनि हुने बताए । अध्यक्ष बोहरा, उपाध्यक्ष पुन्नकली महतारासहितका पदाधिकारी अहिले पातारासी गाउँपालिका विद्यालय र गाउँलेसंगको भेटघाटमा यार्सा टिप्ने समय भएपनि विद्यार्थीलाई विद्यालयमै निरन्तरता दिन विशेष शैक्षिक अभियान थालेका हुन् ।

स्थानीयवासी कालीबहादुर बोहराले जनचेतनामूलक कार्यक्रमले केही सुधार आउने बताए । अधिकांश विद्यार्थी आमाबुबासँगै यार्सा टिप्न पाटनतिर लाग्ने भएकाले विद्यालयको त्रैमासिक परीक्षासमेत प्रभावित हुने गर्दछन् ।

गत वर्ष डिल्लीचौरस्थित ऋणमोक्ष मावि मा ६० प्रतिशत विद्यार्थी जडीबुटी टिप्न गएकाले विद्यालयको परीक्षासमेत सार्नुपरेको शिक्षक जगतबहादुर शाहीले बताए । उक्त विद्यालयमा गत वर्षको हाजिरीमा कक्षा १० मा अध्ययनरत ६१ मध्ये ३८, कक्षा ९ मा ११८मध्ये ८७, कक्षा ८ मा ८०, कक्षा ७ मा ७६ मध्ये ४३ र कक्षा ६ मा ४४ मध्ये २८ विद्यार्थी अनुपस्थित भएका थिए ।

यसैगरी पातारासी र गोठीचौरका माध्यमिक तथा निम्न माध्यमिक विद्यालयका विद्यार्थी पनि वर्षेनी यार्सा टिप्न अभिभावकसँग पाटन जाने गरेका थिए । जेठ महीनामै परीक्षा सकिनुपर्नेमा विद्यार्थी नफर्किएपछि असार अन्तिममा परीक्षा सारेको थियो ।

यस क्षेत्रमा अहिले यार्सासँगै वनलसुन, कटुको, भुल्तेलगायत जडीबुटी टिप्न विद्यार्थीसमेत जाने गरेका स्थानीयवासीले बताए । यार्सा टिप्न गएर कहिले बालबालिका मर्ने र कहिले बिरामीसमेत हुने गरेकोे छ ।

विसं २०७३ मा डिल्लीचौर विद्यालयका कक्षा ६ मा अध्ययनरत एक छात्रको ज्यान गएको उक्त विद्यालयले जनाएको छ । यार्सा टिप्न बालबालिका जाँदा धेरै पढाइ छुट्ने भएकाले शैक्षिक गुणस्तर बृद्धि हुन नसकेको शिक्षक कृष्ण बुढाले बताए ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  ५ : ३३ बजे

क्रिकेटर सन्दीपको मुद्दा न्यायाधीश निरौला र ढुंगेलको इजलासमा

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी उच्च अदालत पाटनका न्यायाधीशद्वय

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको

अस्ट्रेलियामा चक्कु प्रहार गर्दै हिँडेका नाबालिग प्रहरीबाट मारिए

काठमाडौं– अष्ट्रेलियाको पर्थमा चक्कु प्रहार गर्दै हिँडेका नाबालिगको प्रहरीको गोलीबाट

एमाले भोजपुरको अध्यक्ष मक्कर खड्का निर्वाचित

भोजपुर– नेकपा एमाले जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित

ठाढीसहितका सीमानाका दुई चरणमा आठ दिन बन्द हुने

सिरहा– छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत