पल, नाजिर र वर्षाको ‘वीर विक्रम २’ ट्रेलर रिलिज | Khabarhub Khabarhub

पल, नाजिर र वर्षाको ‘वीर विक्रम २’ ट्रेलर रिलिज


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिल्म ‘वीर विक्रम २’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमको आयोजना गरी पत्रकारमाझ ट्रेलर सार्वजनिक गरियो । उक्त ट्रेलरलाई युट्युबमा पनि रिलिज गरिएको छ ।

पल शाह, वर्षा शिवाकोटी, नाजिर हुसेन र बुद्धि तामाङको शीर्ष भूमिका रहेको यो फिल्ममा मिलन चाम्सको निर्देशन देख्न सकिन्छ । यस्तै फिल्ममा देशभक्त खनाल, विनिषा भण्डारी, सन्तोष खनाल, मनिष लिम्बु, मनोज केसी लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

फिल्ममा लगानी निर्देशक चाम्सकै छ भने सह–निमार्तामा रञ्जिता शिवाकोटी छिन् । यस्तै फिल्ममा प्रदीप भारद्वाजको लेखन रहेको छ भने वनिष शाहको सम्पादन, नवराज उप्रेतीको छयाांकन र हिमाल केसीको द्वन्द्व देख्न सकिनेछ ।

चलचित्रले आउँदो जेठ ३ लाई रिलिज मिति तोकेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  ४ : ४२ बजे

आँखा शिविरबाट दुई सय बढी लाभान्वित

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा

एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु

लुम्बिनी– पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको

सहकारी प्रकरणमा छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश तय गर्न

नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित

नवलपरासी– जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा

अफगानिस्तानको बाढीमा परि कम्तिमा ५० जनाको मृत्यु

काठमाडौं– मध्य अफगानिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा ५०