मालपोत कार्यालयका पियन २० हजार घुससहित पक्राउ | Khabarhub Khabarhub

मालपोत कार्यालयका पियन २० हजार घुससहित पक्राउ


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– रुपेन्देहीको भैरहवास्थित जिल्ला मालपोत कार्यालयको तामेली शाखामा कार्यरत कार्यालय सहयोग (पियन) २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

कार्यालयका सेवाग्राहीले निवेदनमार्फत सुकुम्बासी समस्या समाधान आयोगको निर्णय प्रतिलिपि माग गरेकोमा सो सम्बन्धी मिसिल खोजी गर्नका लागि पियन जोगेन्द्र प्रसाद चौधरीले २० हजार रुपैयाँ घुस मागेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयमा चौधरीले घुस मागे गरेको भन्दै उजुरी परेपछि अख्तियारले उनीमाथि निगरानी बढाएको थियो ।

सोही क्रममा चौधरी बुधबार घुस लिइसकेको अवस्थामा मालपोत कार्यालय परिसरबाटै पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  १ : ०१ बजे

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल