अनमोल केसीको ‘स्टारडम’ ले फिल्म चलेको हो ? | Khabarhub Khabarhub

अनमोल केसीको ‘स्टारडम’ ले फिल्म चलेको हो ?


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं- नयाँ वर्ष पारेर गत चैत्र २९ गते रिलिज भएको फिल्म ‘ए मेरो हजुर ३’ ले दोस्रो हप्तासम्म फिल्म हलमा आफ्नो वर्चश्व कायम राख्यो । फिल्मको व्यापार निर्माण टिमले आशा गरेभन्दा बढी देखियो । यो पक्का हो कि, फिल्म भयंकर गज्जबको थिएन/छैन । तर ‘ए मेरो हजुर ३’ हेर्न हलसम्म दर्शक ओर्लिए । फिल्म व्यापारिक रुपमा सफल रह्यो ।

फिल्म चल्यो तर के कारण चल्यो ? यो एउटा बहसको विषय त हो नै तर कतिपयले भने अनमोल केसीको ‘स्टारडम’का कारणले फिल्म चलेको बताउँदै आएका छन् । यसअघि अनमोलकै शीर्ष भूमिका रहेका दुई फिल्म ‘कृ’ र ‘क्याप्टेन’ ले राम्रो खासै क्रेज देखाउन नसकेका बेला ‘ए मेरो हजुर ३’ मा भने अनमोलको क्रेज फर्किएको देखिएको छ ।

कतिपयले अनमोलको यो फिल्म चल्नुमा एसईईपछिको विदालाई कारण भनिरहेका छन् । तर, अरु फिल्मका तुलनामा यो फिल्म चल्नुले के पनि देखाउँछ भने अनमोलको क्रेज छ । कतिपयले भने अनमोललाई दर्शकले लभर ब्यायका रुपमा रुचाएको अड्कल काटिरहेका छन् ।

जे होस्, सुहाना थापा र अनमोलको जोडी रहेको यो फिल्म ठूलो समूहका दर्शक समूहले रुचाएको पक्का हो । फिल्मको निर्देशन झरना थापाले गरेकी हुन् । फिल्मको कथा नै व्यावसायिक रुपले आम दर्शकले मन पराउने गरी तयार पारिएको छ ।

तस्वीर – दिनेश सिटौला

फिल्म ‘ए मेरो हजुर ३’ जसका कारणले गर्दा चलेको भए पनि नेपाली फिल्म उद्योगका लागि सकारात्मक सन्देश नै हो । किनकि, यहाँ फिल्म बनाएर नै टाट पल्टिनै सयौँ निर्माताहरु छन् । ती निर्माताहरुमा कोही निर्माता त कमसेकम सुरक्षित हुनुपर्‍यो नि ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  १ : २४ बजे

प्रधानमन्त्रीको दाबी : यो सरकारले देश र जनताको हितमा ऐतिहासिक काम गरेको छ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा सरकारले

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको

बृखबहादुरको ९०औँ बर्थडे : करोडको जग्गा दान

सुनसरी– धरान १४ विजयपुर बस्ने बृखबहादुर डंगोलले आफ्नो ९०औँ जन्म

नेकपा एमाले पर्साको अध्यक्षमा शर्मा

वीरगञ्ज– नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा जिल्लाको अध्यक्षमा डा विश्वम्भर

कक्षा १२ की परीक्षार्थीमाथि झापाको दमकमा गोली प्रहार

झापा- झापाको दमकमा एकजना विद्यार्थीलाई गोली हानिएको छ। शुक्रबार स्थानीय